|
File Photo

काठमाडौं : त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शुक्रबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा प्रदेश २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो।

आर्मीले दिएको २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-२ ३१ ओभर ४ बलमा १ सय ७ रनमै अलआउट भयो। प्रदेश २-का ५ जना ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन बनाए। हरिशंकर साहले बनाएको २१ रन नै उसका लागि सर्वाधिक रन रह्यो।

हासिम अन्सारी र राहुल प्रताप सिंह शून्य रनमै आउट भए। आर्मीका सह्बाव आलम एक्लैले ४ विकेट लिँदा शुसान भारीले प्रदेश २ का ३ जना ब्याट्सम्यानलाई पेभेलियन फर्काए। २ विकेट जितेन्द्र मुखिया र १ विकेट कुशल मल्लको नाममा रह्यो।

शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ७ वटा प्रदेश र ३ विभागीय टोली सहभागी छन्। प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.