युनुस अन्सारी तेस्रो पटक पक्राउ

|

काठमाडौं : प्रहरीले करोडौंको भारतीय जाली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको छ । 

कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको भारतीय जाली नोट बरामद गरेको हो । 

नक्कली नोट कारोबारमा मुछिएका नेपाली नागरिक युनुस अन्सारीसहित तीन नेपाली र तीन पाकिस्तानीसहित ६ जना पक्राउ परेका हुन् । 

भिडियो

प्रहरीका अनुसार पक्राउ पर्नेमा पैसा लिन गएका यूनुसमिया अन्सारी र उनीसँगै रहेका अन्य दुई जना पनि पक्राउ परेका छन् । उनीहरुले दुईवटा सुटकेसमा हालेर उक्त नक्कली नोट ल्याएको जानकारी विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारले दिए। 

यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए । उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो । डिएसपी रञ्जीतकारका अनुसार सुटकेसमा जाली नोट ल्याइएको भेटिएको हो । 

हेर्नुस् फोटो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.