|

दमक,झापा : पाँचथरको आरूबोटेमा ९ जनाको हत्या हुँदा भागेर ज्यान बनाउन सफल १२ वर्षीया सीता खजुमको जिम्मा प्रदेश सरकारले लिने जनाएको छ। भाग्ने क्रममा लडेर घाइते भएकी उनको झापाको दमकस्थित अस्पतालमा प्रहरीको सुरक्षामा उपचार गरिएको छ।

उपचारत सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका प्रदेश-१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बालिकाको स्वास्थ्य अवस्था बुझी उनको अध्ययन तथा शिक्षाको जिम्ममा प्रदेश सरकारले लिने बताएका हुन्। सो क्रममा उनले संघीय तथा प्रदेश सरकारले समन्वय गरेर घटनाको सत्य तथ्य छानबिन गर्ने पनि बताए।

यसअघि घटनालगत्तै विज्ञप्ति जारी गरि प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले घटनाको सत्य तथ्य छानबिन गर्ने र बालिकाको उपचारको जिम्मा पनि प्रदेश सरकारले लिएको बताएका थिए।  हालसम्मको अनुसन्धानमा देखिएअनुसार घटनाको एक मात्र प्रत्यक्षदर्शी १२ वर्षीया सीता हुन्। उनी घटनाका बेला भाग्दै छिमेकी घरमा शरण लिएर बाँच्न सफल भएकी थिइन्। उनको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.