समाज

बसको ठक्करबाट एकको मृत्यु, एक जना घाइते
SHARES

जेठ १०, २०७६

    चितवन : बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार चितवनमा एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ३२ वर्षीय रमेश लामा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख १२६३ नम्बरको बसले सोही दिसातर्फ गइरहेको ना ५६ प २३८ नम्बरको मोटरसाइकललाई रत्ननगर नगरपालिका १० हरिहर मन्दिरनजिक दिउँसो १ः५० बजेको समयमा ठक्कर दिँदा मोटरसाइकल चालक लामाको मृत्यु भएको हो। घाइते लामालाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको जनाएको छ। मृतकको शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भरतपुर १५ का सन्तोष कँडेल घाइते भएका छन। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]