समाज

अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री सहयोग
SHARES

जेठ १०, २०७६

    डडेल्धुरा : लक्ष्मी बैंक लिमेटेडले अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। बैंकको तेस्रो वार्षिकोत्सवका अवसरमा डडेल्धुरा अमरगढी शाखाकाले अमरगढी-७ पोखरामा रहेको वेथस्दा अनाथालयमा रहेका १२ जना बालवालिकालाई शुक्रबार शैक्षिक सामग्री पुस्तक, पोशाक, खेलकुद सामाग्री, खाजासंगै पोशाक सिलाई खर्च पनि वितरण गरेको हो।

    अनाथालयमा रहेका बालवालिकाहरुको शैक्षिक अवस्था सुधार संगै शारिरिक स्वस्थताका लागी शैक्षिक सामाग्री र खेलकुदका सामाग्री वितरण गरेको बैंकका शाखा प्रबन्धक विनितविक्रम सिजापतीले बताए। विभिन्न कारणबस आफन्त गुमाएर अनाथालयमा आश्रय दिई पढ्दै आएका बालवालिकाको शैक्षिक गुणस्तरमा टेवा पुर्‍याउन बैंकका तर्फबाट सानो सहयोग गरेको उनको भनाइ छ।

     विस २०७० सालमा स्थापित बालअनाथालयमा अहिले १२ जना बालबालिका रहेको सञ्चालक जित ताम्रकारले बताए। स्थानीयले गर्ने दानबाटै सञ्चालनमा रहेको अनाथालयमा बैंकले गरेको सहयोगले ठूलो सहयोग पुगेको उनको भनाइ छ। अनाथालमा आश्रय लिइरहेका बालवालिका पोखराकै उग्रतारा माविमा कक्षा १ देखि १० कक्षासम्ममा अध्ययनरत छन्।

    अहिलेसम्म दान र सहयोगबाट नै अनाथालय सञ्चालन गरि रहेका छौँ। विद्यालयकालाई पोशाक नभएको समयमा विद्यालयका प्रचार्यसँग सहयोग मिले सिलाउने आग्रहपछि बालवालिका विद्यालय जाने गरेका थिए' उनले भने,‘बैंकले पोशाकसँगै सिलाई खर्च र अन्य शैक्षिकसँगै खेलकुद सामग्री दिई सयोग गर्दा निकै राहत पुगेको छ।’

    ६ वर्षदेखि सञ्चालनमा रहेको बालअनाथालयमा १७ जना अनाथ बालक पुगेका थिए। ५ जना बालकलाई उनका आफन्तले घर लगिसकेपछि हाल १२ जना बालक रहेको उनले बताए। वेथस्दा चर्चसँगै सञ्चालनमा रहेको बालआनाथालयमा शनिबार गरेने संगतीमा दान संकलन गरि संकलित रकम अन्नबाट अनाथालयका बालबालिकाको खाना, लत्ताकपाडासँगै पढाई खर्च चलाइरहेको सञ्चालक ताम्राकारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]