राजनीति

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : नेता पौडेल
SHARES

जेठ १०, २०७६

    बैतडी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए। बैतडीको मेलौलीमा शुक्रबार द्वारिकादेवी ठकुरानी नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताए।  

    'दुईतिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन', उनले भने, 'सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको छ। दुई तिहाईको सरकार हुँदा समेत जनताले सरकार भएको अनुभूति गर्न सकेको छैन' उनले भने, 'यो सरकार विभिन्न काण्डमा फस्दै गएकाले आलोचित बन्दै गएको छ।' 

    नेता पौडेलले शान्ति सुरक्षा कायम गर्नमा पनि सरकार पूर्ण रुपमा असफल भएको समेत टिप्पणी गरे। यसका साथै उनले  कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने दाबी गरे।

    अहिलेको सरकारको पहिले प्राथमिकता आफ्ना नेता कार्यकर्ता कसरीलाई बजेट दिने वा बजेटलाई कार्यकर्तामुखी बनाउने रहेको नेता पौडेलको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]