|

काठमाडौं : सरकारले देशभरमा सहज तरिकाले स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपनि ८६ प्रतिशत महिला स्यानिटरी प्याडको पहुँचबाहिरै छन्। स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको चिकित्सक बताँछन्। 

राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत सबै विद्यालयका महिनावारी हुने छात्राका लागि स्यानिटरी प्याडको व्यवस्था गरिने उल्लेख छ। स्यानेटरी प्याडको पहुँच नहुँदा फोहोर कपडा प्रयोग गर्न बाध्य हुने गरेका छन् जसले गर्दा प्रजनन अंगमा संक्रमण देखापर्ने जनस्वास्थ्यविद् डा‍. अरुणा उप्रेतीले बताइन्।

महिनावारी व्यवस्थापन सञ्जालका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठका अनुसार महिनावारी हुनयोग्य एक महिलाका लागि १२० थान स्यानिटरी प्याड आवश्यक पर्छ।संविधानले समेत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। स्यानिटरी प्याड अभावका कारण मौलिक हकको यो व्यवस्था महिलाहरूका लागि कार्यान्वयनमा आउन सकेको छैन।

हाल नेपाली बजारमा वार्षिक १६ करोड थान स्यानिटरी प्याड खपत हुने गरेको छ, जसअन्तर्गत १३ करोड थान आयातीत र तीन करोड थान नेपालमा उत्पादन हुने गरेको छ। प्याडका लागि आवश्यक कच्चा पदार्थमा १५ देखि ३५ प्रतिशतसम्म कर लगाउँदा नेपाली उद्योग धराशायी भएको स्यानेटरी प्याड उत्पादन गर्दै आएका पुनित शारदाले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.