|

काठमाडौं : राजा वीरन्द्रका एडिसी नेपाली सेनाका अवकाश प्राप्त उपरथी ताराबहादुर थापाको ७४ वर्षको उमेरमा निधन भएको छ।

थापा वीरेन्द्रका प्रिय र निकट थिए। भारतको नयाँदिल्लीमा उपचारका क्रममा फोक्सोमा समस्या भएका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

पूर्वराजा ज्ञानेन्द्रले उनलाई   थाइल्याण्डका लागि राजदूतको जिम्मेवारी दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.