|

लोकसभा निर्वाचनमा पार्टी पराजित भएपछि भारतीय कांग्रेसले कार्यसमिति बैठक बोलाएको छ।

कार्यसमिति बैठकमा लोकसभा निर्वाचनको समीक्षा हुने बताइएको छ।

बैठकमा हारको जिम्मेवारी लिँदै कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने आँकलन गरिएको छ। राहुलले राजीनामा दिए पनि स्वीकार भने नगरिने भारतीय संचार माध्यमले स्रोतलाई उल्लेख गर्दै लेखेका छन।

यो बैठकपछि पार्टी पूर्ण रूपमा राहुलको नेतृत्वमा अगाडि बढ्ने गरी निर्णय हुने अनुमान गरिएको छ।

राहुले आफ्नो राजीनामा दिएर हारको जिम्मेवार आफू पनि भएको देखाउन चाहने बताइएको छ।

कांग्रेसले लोकसभामा लगातार दोस्रोपटक हार बेहोरेको हो। उसले सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा मात्र ४४ सिट ल्याएको थियो।  

यसपटक ५४३ सिटको लोकसभा निर्वाचनमा राहुल नेतृत्वको कांग्रेसले ५२ सिट मात्र जितेको छ। राहुल गान्धी आफै पनि वर्षौंदेखि जित्दै आएको पुस्तौनी सिट अमेटठीबाट पराजित भएका छन्।

यो लोकसभा निर्वाचनबाट सत्तारुढ दल भारतीय जनता पार्टी एक्लैले बहुमत प्राप्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि तीन प्रदेशका अध्यक्षहरूले भने राजीनामा दिएका छन्। कर्नाटक, उत्तर प्रदेश र उडीसाका अध्यक्षहरूले राजीनामा दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.