साताभित्रै आठ सय तीर्थयात्री पुगे हुम्ला

|

हुम्ला :  हिन्‍दुधर्मावलम्बी र बौद्धधर्मलम्बीहरूको  धार्मिक आस्थाको केन्द्र मानिएको कैलाश मानसवर दर्शन गर्नेको संख्या यतिखेर घुइँचो लाग्ने गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर दर्शन तथा भ्रमण गर्ने धार्मिक पर्यटकहरूको संख्या बढेको हो। संसारकै  सबैभन्दा उच्च स्थानमा  रहेको पवित्र जलको उद्गमस्थल कैलाश पर्वत र मानसरोवर तीर्थयात्रुहरूले सहजैरूपमा दर्शन गर्न पाएका हुन्।

चीनसँग सीमा जोडिएका  हुम्ला, बझा र दार्चुलाका बासिन्दाहरूले भने जिल्ला प्रशासन कार्यलयले सीमा प्रवेशको लागि सीमापास दिँदै आएको छ। तर, स्थानीय प्रशासनले दिएको सीमापासले तिब्तको सिमानदेखि  ३० किलोमिटर क्षेत्रसम्म प्रवेश गर्न पाउँछन्। सीमा जोडिएको जिल्लाबाहेक अन्य  जिल्ला र बाहिरी देशका नागरिकले भने भिसा लगाएर तिब्बत छिर्नुपर्ने हुन्छ।

हिन्‍दुशास्त्रमा मानवजीवनमा  पवित्र जलको उत्पत्ति, जगतको सृष्टिकर्ता  र ब्रम्हाजीले भगिरथको तपस्याबाट खुसी भई मानसरोवर सृष्टि गरेको शास्त्रमा उल्लेख गरिएको  छ। उच्च स्थानमा रहेको कैलाश पर्वत र मानसरोव ताल सृष्टिसँगै विश्व जगतको सृष्टि निर्माणको सुरु मानिन्छ। मानसरोवर ताल भनेको शाब्दिक अर्थ मानिस बस्ने र सरोवर पानी जम्मा भएको पानीको ताल बुझिन्छ। समुद्र सतहबाट ४५५९ मीटर उचाइमा रहेको मानसरवरको क्षेत्रफल ३२० वर्ग कि.मी. फैलिएको छ। मानसरोवरदेखि ४० किलोमिटर उतरमा कैलाश पर्वत अवस्थित छ।

पाप पखाल्न तीर्थयात्रा

कैलाश मानसरोवर दर्शनको जेठ पहिलो हप्तादेखि कार्तिक महिनाको अन्तिम हप्तासम्म उपयुक्त समय मानिन्छ। कैलाश पर्वत भगवान् शिवशंकर र मानसरोवर ताललाई शान्तिको प्रतीक वा पार्वतीको प्रतिकको रूपमा लिएको छ। उता, राक्षस ताल लाई भने शक्तिको प्रतीक मानिन्छ। जहाँ विभिन्न रण कौशल, नयाँ अवतार,नयाँ विकास गर्नको लागि राक्षस तालको जल स्नान गरेमा राम्रो हुने विश्वास छ। हरेक वर्ष  देवी देवताहरू, मानिसको पाप पखाल्नको लागि कैलाश मानसरोवरमा जाने धार्मिक विश्वास छ।

धार्मिक विश्वासअनुसार राति मध्यान्नको समयमा  माता पार्वती तारारूपी  प्रकाशको भेषमा  स्नान गर्न आउने गरेको तिब्बतको ताक्लाकोटका गेजिङ्ग गाउँ निवासी छिमेल तामाङ बताउँछन्। कैयौँ गुण स्वच्छ निश्चल पवित्र पानी भएकाले अलौकिक गुण र शक्तिको  प्रतीक भएको शास्त्रमा उल्लेख गरेका उनी बताउँछन्। मानिस जन्मेपछि मरुन्जेल सम्म एकपटक पुग्‍नैपर्ने धार्मिक तीर्थस्थल कैलाश मानसरोवर रहेको तामाङले बताए।  मानसरोवर तालमा स्नान गरेमा  'सात जुनीको  पाप नष्ट हुने र जल खानाले  भगवानको शक्ति प्राप्त  हुन्छ' भने धार्मिक शास्त्रमा उल्लेख छ।

संसारको सबैभन्दा पठार भूमि हिंमश्रखला र बीचमा ठूलो कैलाश पर्वत र दक्षिणमा एक शक्तिको प्रतिक राक्षस ताल र शान्तिको प्रतिक मानसरोवर ताल काखमा छन।  मानव जाति हरेक सुख दुःख जेजस्तो भए पनि स्वर्गको आन्नद  लिनेको लागि विश्वको एक मात्र  ठाउँ कैलाश–मानसरोवर  लाई लिने गरेका छन।

कैलाश मानसरोवरकै छोटो मार्ग हुम्ला

हिन्‍दु र बौद्धधर्मलम्बी लागि पवित्र तीर्थस्थल कैलाश मानसरोवरसँग अटुट सम्बन्ध छ। चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरमा बर्सेनि लाखौँको  संख्यामा हिन्‍दु र बौद्ध धर्मावलम्बीहरू दर्शन गर्न पुग्छन्। दर्शन गर्ने जानेको संख्यामा भारतीय नागरिक छन भने सिमाना जोडिएका जिल्लाका हिन्दु र बौद्धलम्बीहरू छन। मानव जिवनमा एक पटक अनिवार्य रुपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक  मान्यता रहेको छ। आफ्ना पृतीआत्मा चोख्याउने, देवीदेवताको पूजा र जिउँदै मानिस स्वर्गमा जान्छ भन्ने धार्मिक विश्वासले पनि हरेक वर्ष जाने गरेका छन्।

हरेक वर्ष भारतीय तीर्थयात्री कैलाश मानसरोवर दर्शनको लागि लाखौं रुपैयाँ खर्च गरेर कैलाश मानसरोवरको मूलद्वार हुम्लाको सिमकोट हुँदै चीनको तिब्बतको पुराङ कन्ट्रीमा पुग्ने गरेका छन्। भारतका विभिन्न प्रदेश बाट बाँकेको जमुनाहा रुपाडिया हुँदै नेपालगन्ज विमानस्थलमा पुग्छन्।

एकैदिनमा सिमकोट विमानस्थलमा पुगेपछि केही घण्टा आराम गरि फिस्टेल एयरको हेलिकप्टर बाट ८ मिनेटमै  सिमानमा रहेको हिल्सा नाकामा पुग्छन। हिल्सामा पुगेलगत्तै बिहान १२ बजे चिनको तिब्तको कैलाश दर्शन र पछिल्लो समयमा मानसरवर धार्मिक यात्रा गरि सिमकोटमै फर्कने गरेको सिमकोट होटल व्यबसाय गर्दै आएका भएका प्रकाश रावत बताउछन्। नेपालगन्ज हुँदै सिमकोट हिल्सा देखि कैलशा मानसरवर सम्म आतेजाते गरि जम्म ४ दिन भित्रै भारतिय तिर्थयात्री फर्कने गरेका छन्।

अन्य नाका भन्दा हुम्लाको हिल्सा नाका सहज र जमिनमा पाहिला नै नटेकी कैलाश दर्शन  गर्ने  हवाई साधन भएकोले सहज भएको हो। भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन्। एउटा मार्ग नेपालगञ्ज हुँदै सिमिकोटसम्म हवाईजहाजको यात्रा हो। सिमकोट विमानस्थल पुगेलगतै तीर्थयात्रीले सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टरको यात्रा गर्नुपर्छ।

चिनको तिब्बतको कैलाश मानसरवर जानको लागि सिमानमै ४ मिनेटको  बाटोमा सुविधायुक्त गाडीमा सवार हुन्छन। भारतीय तीर्थयात्रीले अँगालेको अर्को स्थलमार्ग काठमाडौंको कोदारी राजमार्ग तातोपानी हुँदै  ल्हासासम्म गाडी चढ्नुपर्छ। तर त्यहाँ हप्तौँ दिन लगाएर ताक्लाकोटमा रहेको कैलाश मानसरवर  दर्शन गर्न पुग्छन , जहाँ आउनजान गरी १४ दिन लाग्ने गरेको भारतीय तिर्थयात्रीको अनुभव छ।

नेपालकै पश्चिम सिमानमा रहेको दार्चुलाबाट पैदल बाटो भएर जानुपर्छ। तिर्थयात्री लाई हुम्लाको सिमकोटबाट भएर जान छोटो दुरी रहेको छ। हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका सिमाना  नै तिब्बतको कैलाश मानसरोवर तालसँग जोडिएको छ। लिमी लाप्चा भन्ने स्थान बाटै  पनि कैलाश मानसरोवर आफ्नै भूमिबाट दर्शन गर्ने गरेका छन्।

एक हप्ता नपुग्दै ८ सय जना तीर्थयात्री हुम्लामा

एक हप्ता नपुग्दै हुम्लाको सदरमुकाम सिमकोटबाटै भएर कैलाश मानसरोवर दर्शनार्थी ८ सय जान  भारतीय तीर्थयात्रीको संख्या बढेको छ। मानसरोवर कैलाश दर्शनको लागि उपयुक्त सिजन सुरु भएलगत्तै  भारतीय नागरिक र अन्य देशका पर्यटकीय आउने गरेको सिमकोट विमानस्थल श्रोतले बताएको छ। 

बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३ सय ६२ जना महिला र ४ सय ५९ जना पुरुष गरी जम्मा ७ सय ६३ जना भारतीय तीर्थयात्री आएका र शुक्रबार बिहान ८० भन्दा बढी भारतीय र अन्य मुलुकका पर्यटकीय आएको सिमकोट विमानस्थलका प्रमुख शंकर केसीले जानकारी दिए।  कैलाश दर्शनको समय शुरु भएसँगै भारतीय नागरिक लगायतका अन्य देशका यात्रुको चाप बढेको छ। अहिले नेपालकै पश्चिम क्षेत्रमा रहेको हुम्लाको सिमकोट विमानस्थल अति व्यस्त विमानस्थ रहेको सिमकोट विमानस्थलले जानकारी दिएको छ।

हवाई उडानको चाप बढ्यो

यो सिजनमा हुम्लाको सिमकोट विमानस्थलमा निजी कम्पनीका जहाजहरू र निजी कम्पनीका हेलीहरू व्यस्त छन्। नेपालगन्जबाट सिमटी एयर,सिता,तारा एयरका विमान कम्पनीका लगायतका जहाजहरू एक दिनमा  २० फ्लाईट भन्दा बढि उडान भर्दै आएका छन्।

दिनकै  सिमकोट हुँदै उतरी तिब्बतसँग जोडिएको हिल्सा सिमाना सम्म सिम्रिक एयर,सुमिटका  र माउण्टेनको  गरि ५ वटा हेलिकप्टर सिमकोट विमानस्थलमै नाईट स्टेन बसिरहेका छन्। बिहान देखि बेलुकासम्म सिमकोट हुँदै नाम्खा गाउँपालिको हिल्सा सिमाना सम्म उडान  भर्दै आईरहेको सिम्रिक एयरका पश्चिम नेपाल प्रमुख कमल गौतमले बताए। गतवर्ष  १२ हजार भारतीय  तीर्थयात्रीले कैलाश मानसरोवर दर्शन  गरेका थिए भने यस वर्ष १० हजार तीर्थयात्री आउनसक्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.