|

मनाङ : जिल्लामा शिक्षाको गुणस्तर सुधारका लागि स्थानीय तहले आवासीय विद्यालयको अवधारणा ल्याएको छ। शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई आवासीय बनाएपछि आवासीयबाहिर रहेका केही विद्यालय भने विद्यार्थीविहीन भएका छन्।

गत वर्षदेखि सन्चालन भएको चामे गाउँपालिकाको लोकप्रिया मावि, चामे गाउँपालिकाकाे बालमन्दिर आधारभूत, विश्व शान्ति आधारभूत र दिनदयालु विद्यालय विद्यार्थीविहीन भएका हुन्। विद्यार्थी शून्य भएपछि विद्यालय मर्ज गरी शिक्षकलाई  लोकप्रिय माविमा खटाइएको जिल्ला शिक्षा विकास तथा समन्वय  इकाइका प्रमुख खुलानाथ गौतमले बताए।

उनका अनुसार चामे गाउँपालिकामा रहेका ५ वटा विद्यालयमध्ये हाल दुईवटा विध्यालमा मात्र  पठनपाठन  भएको छ। त्यस्तै, नासो गाउँपालिकामा रहेका ११ वटा विद्यालयमा प्रकाश ज्याेति मावि थोचेमा आवासीय विद्यालय सन्चालन आएको छ।

आवासीय विद्यालय सन्चालनसँगै अन्य विद्यालयका विद्यार्थी आवसियमा आउने लर्को चलेको हो। यसले गर्दा  घ्याराङ,ओडार, धारापानी, दानाक्यु लगायतका विद्यालयमा विद्यार्थीविहीन भएका हुन्। नासो गाउँपालिकाका अध्यक्ष  चन्द्र घलेका अनुसार गाउँपालिकाका सबै विद्यालयमा विद्यार्थी संख्या न्यून भएको र  शिक्षाको स्तर खस्कँदै गएकोले आवसियकाे अवधारण ल्याइएको बताए।

हाल गाउँपालिकामा रहेका ११ वटा विद्यालयमध्ये दुई विद्यालयमा माध्यमिक कक्षा सन्चालन भइरहेका छन्। अन्य ९ वटामा बाल कक्षा सन्चालन भइरहेकाे घलेले बताए।  तर, आवासीयमा आकर्षण बढेपछि केही विद्यालय खाली भएका छन्। हाल मनाङ जिल्लामा  रहेका २८ विद्यालयमा ११ विद्यालय विद्यार्थीविहीन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.