मन्त्री नै खटिन्छन् मध्यरातसम्म

|

काठमाडौं : आगामी आर्थिक वर्षको लागि विनियोजन गरिने बजेटको लागि अर्थमन्त्रालयले तीव्र तयारी अघि बढाएको छ। अर्थमन्त्रीको परामर्शमा छजना अधिकारी बजेट लेखनको तयारी गरिरहेका छन्।

बजेट लेखन कार्यमा बस्‍ने अधिकारीहरूको संख्यासमेत यस वर्ष घटेको छ। प्रत्यक्ष रुपमा बजेट लेखन कार्यमा दुई सचिवसहित छ जना बसेका छन्। बजेटमा व्यस्त रहेको मन्त्रालयमा अधिकृतस्तरभन्दा माथिका (अधिकृत, उपसचिव, सह-सचिव, सचिव र मन्त्री) बिहान सबेरैदेखि बेलुका अबेरसम्म अर्थमन्त्रायमा बसेका छन्।

बजेटको दस्तावेजको गोपनियताको लागि युजरसमेत सहसचिवभन्दा माथिका लागि दिइएको छ। अघिल्ला वर्षहरूमा शाखा अधिकृत र उपसचिवहरूलेसमेत प्रयोग गर्न सक्ने युजर अहिले सहसचिव माथिका कर्मचारीले मात्रै प्रयोग गर्न पाएका छन्।

यी हुन् लेखनमा बसेका छ अधिकारी

लेखनमा छ अधिकारी रहेका छन्। अर्थमन्त्रालयका सचिव डा. राजन खनाल, राजश्‍व सचिव लालशंकर घिमिरे र सल्हाकार डा. रामशरण खरेलसहित लेखन समितिका रहेका छन्।

जसअनुसार लेखन समितिका संयोगक तथा राजश्‍व व्यवस्थापन महाशाखाका प्रमुख निर्मलहरी अधिकारी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपाल र धनीराम शर्मा लेखन कार्यमा रहेका छन्।

शाखा अधिकृत र उपसचिव तहका कर्मचारी भने आवश्‍यक सहयोगको लागि तयारी अवस्था बसिरहेका छन्। ‘हामीले आफ्नो क्षेत्रको विषयमा जानकारी राखेर तयारी अवस्थामा बसेका हुन्छौँ, केही विषयमा लेखन समितिले बोलायो भन्ने मात्रै भित्र जाने हो' एक उपसचिवले थाहासँग भने ‘निकै गोप्यताका साथ तयारी गरिएको छ।’

के-के काम भयो?

हालसम्म कार्यक्रमहरूको तयारी भइसकेको छ। कुन-कुन कार्यक्रम राख्ने भन्ने निश्‍चित सरह नै छ। तर, अझै स्रोतको सुनिश्चिता र बजेट तोक्ने काम भने भएको छैन। बजेट तोक्ने काम जेठ १४ गते मध्यरातसम्म नै चल्ने गर्छ। बजेटसँगै आउने छ पुस्तकमध्ये तीन पुस्तक प्रेसमा गइसकेको मन्त्रालयका अधिकारीले बताएका छन्।

पहेँलो किताब, आर्थिक सर्वेक्षण र प्रगति विवरण प्रेसमा गइसकेका छन्। बजेट भाषणको पुस्तक, आर्थिक ऐन र रेड बुकको भने तयारी रहेको छ।

शनिबार पनि सबै कर्मचारी

शनिबार शान्त सिंहदरबारभित्रको अर्थ मन्त्रालयमा भने सबै कर्मचारीहरूको उपस्थिति रह्यो। बजेटसँग जोडिने कर्मचारीसँगै अधिकृत तवरका सबै कर्मचारी बिहान नौ बजेदेखि बेलुका पाँच बजेसम्म मन्त्रालयमा बसे।

‘बजेटको पूर्वसन्ध्यामा शनिबार भनेर विधा हुने कुरा भएन’ अर्थका एक अधिकारीले भने ‘काम नहुने कुरा हुँदैन। यदी कामै छैन भने पनि उपस्थित हुनु नै पर्‍यो।’ बजेट लेखन कार्यमा रहेका सहित बजेट र राजश्‍व शाखाका उपसचिव माथिका कर्मचारी भने हामीले समाचार तय गर्दासम्म सिंहदरबारमा नै छन्।

पाँच दिनदेखि ११ बजेसम्म मन्त्री मन्त्रालयमा 

अर्थमन्त्री डा. युवराज खतिवडाको सक्रियता थप रहेको छ। दिनभर भेट्न आउनेसँग भेटघाट र अन्य कार्य गरे पनि बेलामा पाँच बजेपछि भने खतिवडा दिनभर भए गरेका कामको समीक्षासहित मन्त्रालयमा बस्ने गरेका छन्। अर्थमन्त्रालयको स्रोतअनुसार अर्थमन्त्री खतिवडा पछिल्लो पाँच दिनदेखि बेलुका १०/११ बजेसम्म अर्थमन्त्रालयमा बस्ने गरेका छन्। उनीसँगै सल्लाहाकार डा. रामशरण खरेल दुई सचिव र तीन उपसचिव पनि रहेका छन्।

बजेट माग २० खर्ब

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको छ। तर, अर्थमन्त्रालयमा आएको मागलाई हेर्ने हो भने आगामी आर्थिक वर्षको बजेट २० खर्ब रुपैयाँभन्दा बढीको रहको छ।

अर्थ स्रोतका अनुसार बढीमा सबा १५ खर्बको बजेट आउने छ। अघिल्ला वर्षहरू जस्तो उत्साहित शैलीमा राजश्‍व बढाउन सक्ने स्थिति रहेको छैन। प्रत्येक वर्ष लक्ष्यको तुलनमा राजश्‍व बढी उठ्ने गरेको चालु आर्थिक वर्षमा लक्ष्यको ९० प्रतिशत राजश्‍व उठाउनसमेत अर्थमन्त्रालयलाई समस्या परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.