|

दमक : सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक-१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा शनिबार दिउँसो भेटेको २९ हजार इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् ।
 

हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायव निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाएका हुन् । 

सडकमा छरपस्ट अवस्थामा भेटिएको पैसा बटुलेर सम्बन्धित व्यक्तिसम्म पुर्याउन प्रहरीमा बुझाएको गौतमले बताए।

सडकमा भेटिएको रकम यसरी बुझाएर चालक गौतमले इमान्दारी देखाएको प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाले बताए । भेटिएको रकम बुझाउन चालक गौतमसँगै जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम र सञ्चारकर्मी प्रहरी कार्यालयमा पुगेका थिए ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.