|

नयाँ दिल्ली : भारतीय जनता पार्टीलाई लोकसभामा प्रचण्ड बहुमत दिँदै चुनाव सकिएलगत्तै भारतमा हिंसात्मक झडप हुन थालेको छ। 

बंगाल र त्रिपुरामा हिंसा भड्किएको हो । यसक्रममा भारतीय जनता पार्टीका दुई कार्यकर्ताको हत्या भएको छ। पछिल्ला तीन दिनमा यी दुई राज्यमा हिंसा घटना भइरहेको छ। दुवै राज्यमा झडपका क्रममा करिब १५० जना घाइते भएका छन्। 

बंगालको हिंसामा भाजपाले तृणमूल समर्थकलाई  हिंसाको आरोप लगाएको छ। उसले यसको जवाफ दिने गरी रणनीति बनाइरहेको पनि जवाफ दिएको छ। त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले चुनावी नतिजा बाहिरिएसँगै हिंसा फैल्याउने कामको जिम्मा वाम दलमाथि थोपरेका छन्। 

पश्चिम बंगालको नादिया जिल्लामा शुक्रवार राति अज्ञात हमलाकारीले गोली हानेर भाजपा कार्यकर्ताको हत्या गरिदिएका छन्।  शुक्रवार राति चकदाह इलाकेमा भएको यो घटनामा २५ वर्षीय सन्तु घोष मारिएका हुन्। उनी केही दिन अघि मात्रै तृणमूल छोडेर भाजपामा सामेल भएका थिए।

अर्कातिर लोकसभा चुनाव नतिजापछि बैरकपुर निर्वाचन क्षेत्रमा पनि हिंसा भएको छ। हिंसाका क्रममा भएको विस्फोटमा परेर एकजनाले ज्यान गुमाएका छन्। पुलिसका अनुसार नादियामा मारिएका सन्तु राति करिब ९ बजे घर गइरेका थिए। त्यसपछि मानिसहरूले उनलाई घरबाहिर बोलाएर गोली हानेर भागेका थिए।

त्रिपुराको फटिकछेडामा शुक्रवार विपक्षी दल सीपीएमका समर्थक सदन देबनाथले भाइसँग मिलेर भाजपा कार्यकर्ता मिथू र उनका भाइ सञ्जीवमाथि धारिलो हतियारले हाने। मिथूको ज्यान गयो। सञ्जीवको उपचार अगरतलास्थित सरकारी अस्पताल भइरहेको छ।

भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले तृणमूल कार्यकर्तामाथि हिंसा फैलाएको आरोप लगाए। उनले तृणमूलका कार्यकर्ताले विपक्षका नेतार उम्मेदवारमाथि लगातार हमला भइरहेको पनि जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.