|

काठमाडौं :  मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको क्रिकेट विभाग पुर्नगठन भएको छ।   

पुर्नगठित विभागको अध्यक्षमा प्रेमबहादुर क्षेत्री चयन भएका छन्। यस्तै उपाध्यक्षमा अरुण दाहाल, सचिवमा मिनबहादुर केसी, सहसचिवमा अजय खतिवडा र कोषाध्यक्षमा अमित राई चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा प्रकाश रिमाल, नितेश बज्राचार्य, मनिषा चौलागाईँ, अजय शर्मा, मणिराज पौडेल, धिरज श्रेष्ठ, रमेश उपाध्याय र समीर श्रेष्ठ बने।

एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देलको आतिथ्यतामा भएको कार्यक्रममा  मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष निरजसिं ठकुरी, उपाध्यक्ष प्रकाश सुवेदी, सचिव आकाश अधिकारीलगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.