|

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका १ असुर्पाका अन्दाजी ५० वर्षीय लालबहादुर लुहार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिए। आइतबार अमरगढी नगरपालिका ७ पोखरा नजिकै ट्याक्टर दुर्घटना हुँदा लुहारको घटनास्थमै मृत्यु भएको हो।

बिना नम्बर प्लेटको नयाँ ट्याक्टरका चालक भीमदत्त नगरपालिका ९ कञ्चपुरका हिक्मतसिंह ठगुन्नालाई पक्राउ परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.