|

काठमाडौं : किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसइडमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । 

बिहीबार साँझ पोखरामा एक कार्यक्रमको लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् । 

लाउञ्जले काठमाण्डौंमा छोटो समयमा पाएको व्यवसायिक सफलताका साथै पर्यटकीय नगरी पोखराबासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए । 

पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाडौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रुपमा पस्किने श्रेष्ठको भनाइ छ । लाउञ्जले पाएको सफलताको श्रेय देश विदेशका लाउञ्जका सेवाग्राहीलाई दिएका श्रेष्ठले गुनासो गर्ने अवस्था आउन नदिने बताए । 

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउने छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेलाई लाउञ्जले निशुल्क केक उपलब्ध गराउने छ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई ककटेल निशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।

लाउञ्जको औपचारिक उद्घाटन कार्यक्रममा दीपक बज्राचार्य तथा रिदम व्याण्डका साथै किंग्स लाउञ्ज व्याण्डले लाइभ प्रस्तुती दिएका थिए । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

खेलप्रेमीलाई लक्षित गर्दै लाउञ्जले १८ फिट लम्बाई तथा १२ फिट उचाईको फूल एचडी स्क्रीनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुको प्रत्यक्ष प्रशारण समेत गर्नेछ । यसले पोखराका खेलप्रेमीहरुका लागि किङ्गस लाउञ्ज उचित गन्तव्य बन्ने अपेक्षा गरिएको छ । 

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सञ्चालनमा आएको लाउञ्जमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाइजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ कन्सर्टले सेवाग्राहीको ध्यान तान्ने लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए ।

छोटो समयमा आफुलाई देशकै नमूना रेष्टुरेण्ट बनाउन सफल भएको दाबी लाउञ्ज व्यवस्थापनको छ । यही सफलतालाई केन्द्रमा राखेर पोखरासँगै मुलुकका अन्य शहरमा पनि बिस्तारै शाखा बिस्तार गर्दै लैजाने लाउञ्ज व्यवस्थापनले जनाएको छ । 

नयाँ तथा पुराना संगीतहरुले भरपुर मनोरन्जन दिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकैसाथ मनोरन्जन लिन सक्ने वाताबरण लाउञ्जले मिलाएको छ । यसका साथै सेवाग्राहीको आवश्यक्ता अनुसार घरसम्म निःशुल्क छोडिदिने ब्यवस्था पनि लाउञ्जले मिलाएको छ । 

लाउञ्जले दिउसोको समयमा आउने ग्राहकहरुलाई २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि खुल्ने लाउञ्जले लेटनाइटसम्म सेवा दिने छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.