समाज

भरुवा बन्दुकसहित २ जना पक्राउ
SHARES

जेठ १२, २०७६

    चितवन : चितवनमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन। अवैध रुपमा भरुवा बन्दुक प्रयोग गर्ने भरतपुर महानगरपालिका २९ जुगेडीका ३५ वर्षीय सोमबहादुर गुरुङ र भरतपुर २९ भोर्लाङका ३४ वर्षीय सूर्यबहादुर चेपाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। 

    उनीहरूले प्रयोग गर्दै आएको भरुवा बन्दुक ३ थान लुकाइराखेको स्थानबाट फेला पारेकाे प्रहरीले जनाएकाे छ। प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको नेतृत्वमा गएको टोलीले लुकाई राखेको बन्दुकसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको डिएसपी रेग्मीले बताए। उनीहरूसँगै सिकार खेल्न गएका जुगेडीकै ३९ वर्षीय सुकबहादुर चेपाङ आफैँले बोकेको भरुवा बन्दुक पड्केर खुट्टामा छर्रा लागेर घाइते भएपछि घट्ना सार्वजनिक भएको थियो।

    दाइने खुट्टामा छर्रा लागेर गम्भीर घाईते भएका सुकबहादुरको अहिले शिक्षण अस्पताल काठमाडाैंमा उपचार भइरहेको छ। शुक्रबार छर्रा लागेर घाइते भएपछि भरतपुरमा उपचारका लागि ल्याएकामा उनलाई काठमाडाैं रिफर गरिएको थियाे। उनीहरू तीनैजना इन्द्रेणी सामुदायिक वनमा सिकार खेल्न जाने क्रममा घट्ना भएको थियो। पक्राउ परेकाहरू यसअघि पनि अवैध हातहतियार प्रयोग गरेको आरोपमा पक्राउ परेर छुटेको बताइएको छ।

    जिल्लामा पक्राउ परेर छुटेकाहरूले पनि पुन सोही गतिविधि गर्ने गरेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]