|

मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ। जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।    

देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए। एमआई-१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो ।    

आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन् । अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ ।    

“दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जलि र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,” एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भनेका छन्।    

वर्षा नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्य मेक्सिकोमा जङ्गली जनावरहरुलाई गाह्रो भएको र आगलागीका घटनाहरु पनि भइरहेको अधिकारीहरुले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.