काठमाडौं : काठमाडौंका दुई ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल लगिएको छ।
आइतबार ५ बजेतिर भएका विस्फोटमा तीन जनाको मृत्यु भइसकेको छ।
विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।
काठमाडौंका अनामनगर र सुकेधारामा सिलिन्डर विस्फोट भएका हुन्। जसमा अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको हो भने सुकेधारमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
थप विवरण आउन बाँकी रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।