|

हेटौंडा : प्रदेशको मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेश विकास परिषद्मा जम्बो टोली प्रस्ताव गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश विकास परिषदमा २५ जनालाई मनोनित गरेको छ। 

आज आइतबार बसेको बैठकले प्रदेश विकास परिषदका सदस्यहरू मनोनयन प्रस्ताव गरेको छ। परिषदका लागि जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न संघसंस्था, निजी क्षेत्रलगायत विभिन्न समुदायका क्षेत्रबाट २५ जना मनोनित गरिएको हो। 

परिषदमा गोपाल न्यौपाने, बिद्यासुन्दर शाक्य, चिरिबाबु महर्जन, रेणु दाहाल, रजनी जोशी, कर्मु तामाङ श्रेष्ठ, भरतबहादुर केसी, अप्सरा चापागाईं, कृष्णलाल चौधरी, डा. दिनेश पौडेल, श्रीचन्द्र शर्मा, प्रताप विष्ट, भवानी राणा, डा. तिलकचन्द्र भट्टराई, दीपा बोहोरा, रघुनाथ खुलाल, कल्पना पौडेल, कुमार थापा, डा.सुनिता अमात्य, ऋषिराम घिमिरे, दिनेश श्रेष्ठ, कृष्णमान श्रेष्ठ, गीताकुमारी दाहाल, अच्युतप्रसाद पौडेल र ईश्वरचन्द्र पोख्रेललाई मनोनित गरिएको छ। 

प्रदेश विकास परिषद मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने प्रावधान छ। यस्तै २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको छ। सरकारले प्रदेश प्रमुख अनुराधा कोइरालामार्फत जेठ १४ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.