|

इलाम : इलामको करफोकमा जारी दोश्रो सूर्योदय मेयरकपअन्तर्गत आइतबारको खेलमा विजयी बन्दै कन्काई नगरपालिका र देउमाई नगरपालिका सेमिफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा दमक नगरपालिका निर्धारित समयमा खेल मैदानमा नआएपछि वाकओभर पाउँदै देउमाई नगरपालिका सेमिपफाइनल पुगेको हो। दोश्रो खेलमा कन्काई नगरपालिकाले इलाम नगरपालिकाको चुनौती २–० ले पन्छायो।

कन्काईको जितका दुवै गोल रमेश खरेलले गरे। इलामका गोलरक्षक सौरभ सुवेदीको गल्तीको फाइदा उठाउँदै खेलको तेश्रो मिनेटमा खरेलले अग्रता दिलाएका थिए। २४ औँ मिनेटमा सोनाम देवानको प्रहार रिवाउन्ड भएर आएपछि खरेलले व्यक्तिगत दोश्रो गोल गरे।

खेलमा पछि परेको अवस्थामा इलामले दोश्रो हाफमा दबाब बनाए पनि गोल गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिनु पर्‍यो। खेलमा दुवै टिमले केही राम्रा अवसरहरु बनाए पनि गोलमा परिणत हुन सकेन। खेल अवधिभर ४ वटा पहेँलो कार्ड प्रयोगमा आएको थियो।

इलामको ३ जना खेलाडीले पहेलो कार्ड प्राप्त गर्दा कन्काईका एक जनाले पाए। प्रतियोगिताको सोमबार आयोजक सूर्योदय र शिवसतासी तथा माई नगरपालिकाले साविक बिजेता मेचीनगरको सामना गर्दैछ। सूर्योदयले प्रि–क्वाटरफाइनलमा अर्जुनधारा नगरपालिकालाई पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.