|

इटालियन सिरी ‘ए’ फुटबलको उपाधिमा कब्जा जमाइसकेको युभेन्टस अन्तिम खेलमा पराजित भएको छ। सिजनको अन्तिम खेलमा पोर्चुगिज स्टार क्रिश्टियानो रोनाल्डोलाई आराम दिएको खेलमा युभेन्टस २–० ले पराजित भयो।

साम्पडोरियाविरुद्धको सिजनको अन्तिम खेलमा युभेन्टस गोलविहिन रह्यो। तर, प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयतिर साम्पडोरियाले दुई गोल गर्दै च्याम्पियन युभेन्टसलाई पराजित गर्न सफल रह्यो। साम्पडोरियाका ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गोल सम्‍भव बनाए।

खेलको अन्ततिर युभेन्टस लगालग गोल खान पुगेको थियो। बराबरी उन्मुख खेलको ८४औं मिनेटमा ग्रिगोरीले घरेलु टोलीलाई अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जियानलुकाले गोल गर्दै साम्पडोरियाको अग्रता दोब्बर बनाए भने आफ्नो टिमको सहज जित पक्का गरे।

हारपछि पनि युभेन्टसले ३८ खेलबाट २८ जित, ६ बराबरी र ४ हार बेहोर्दै ९० अंक जोड्यो। साम्पडोरिया ५३ अंक जोडेर नवौं स्थानमा लिग अन्त गर्न सफल भयो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.