|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन्। प्रेस संगठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारिता कुनै आलु प्याजको उद्योग होइन भन्दै यसलाई व्यवस्थित र मर्यादित बनाउन सरकार प्रयासरत रहेको बताए।

संसदमा पेस भएको मिडिया काउन्सिलसम्बन्धी विधेयबारे भइरहेको विरोधतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले संविधानका मान्यताभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने स्पष्ट पारे। ‘अहिले गुदीमा नगएर बाहिरी कोलाहालमा विरोध भएको छ।’ उनेले भने, ‘एनजीओ र आइएनजीओबाट परिचालित भएर सरकारको विरोध भइरहेको छ।’

लोकतन्त्रका संस्थापक र लोकतन्त्र ल्याउन तथा प्रेस स्वतन्त्रताकै लागि लडेका  र पटकपटक गिरफ्नातरीमा परेका हामीहरू यसको विरुद्धमा जानै सक्दैनौं, मन्त्री बाँस्कोटाको भनाइ छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा उनले भने, ‘तपाईँ नियन्त्रण–नियन्त्रण भन्नुहुन्छ भने म नियमन–नियमन भन्छु।’

मन्त्री बाँस्कोटाले समाचार लेखे वापत कही कसैलाई केही नहुने भन्दै सञ्चार क्षेत्रमा एक वर्षभित्र भएका गतिविधिका बारेमा रिसर्च गर्न र त्यसबारे बहस र छलफलमा बस्न आफू तयार भएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.