|

काठमाडौै : चालु आर्थिक वर्षमा एक खर्ब सात अर्ब रुपैयाँ बरारबरको वैदेशिक सहायता प्राप्त भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा यो रकम बराबरको सहायता देखिएको हो। 

सहायतामध्ये वैदेशिक अनुदान १३ अर्ब रुपैयाँ रहेको छ भने ऋण ९३ अर्ब रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सार्वजनिक ऋण नौ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। जसमध्ये तीन खर्ब ७८ अर्ब आन्तरिक ऋण र पाँच खर्ब ९५ अर्ब बाह्‍य ऋण रहेको अर्थमन्त्री खतिवडाले जानकारी गराए। 

फागुनमसान्तसम्म २१८ उद्योगमा ११ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। निर्यात अपेक्षित हुन नसकेको कारण विकासका लागि आवश्‍यक पर्ने सामाग्रीहरुको उच्च आयातको कारण व्यापार घाटा बढेको अर्थमन्त्री खतिवडाले बताए।

गत वर्षको तुलनामा चालु खर्च वृद्धिभएपनि पुँजीगत खर्च वृद्धि नभएको विषय उल्लेख गरिएको छ। चालु खर्च दुई प्रतिशतले बढेपनि पुँजीगत खर्चको अवस्थाको विषयमा सदनमा जानकारी गराइएन। 

समग्र आर्थिक सर्वेक्षणको सूचांकले देशमा आर्थिक विकासको वातवरण बन्दै गएको दाबी अर्थमन्त्री डा. युवराज खतिवडाको दाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.