राजनीति

प्रचण्डको गुनासो : सबैले पद माग्छन्, म्यानेज गर्नै गाह्रो भो
SHARES

केहीले एकताबाट पछि हट्न खोजेको दाबी

जेठ १३, २०७६

    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैलाई पद चाहिएकाले पार्टी एकतामा गतिरोध आएको बताएका छन्। 

    प्रेस संगठन नेपालले पेरिस डाँडामा गरेको १७ औं कृष्ण सेन स्मृति दिवस– २०७६ पुरस्कार वितरण समारोहमा अध्यक्ष प्रचण्डले सबैलाई अध्यक्ष, पोलिटब्यूरो, केन्द्रीय सदस्य नै चाहिएकाले पार्टी एकतामा ढिलाइ भएको बताए। 

    ‘यतिबेला हामीलाई साथीहरूलाई म्यानेज गर्न बढो गाह्रो भएको’, उनले भने, ‘यति धेरै आकांक्षीहरू हामी भएका छौं। सबैलाई केन्द्रीय समिति चाहिने, सबैलाई पोलिटव्यूरो नै चाहिने, सबैलाई स्थायी समिति चाहिने, सबैलाई अध्यक्ष नै चहिने भन्ने जस्तो भएको छ।’ 

    एकताका क्रममा पार्टीमा पदका लागि महत्वाकांक्षी धेरै भएकाले समस्या आइरहेको उनको भनाई छ। नयाँ सोचका साथ पार्टी एकता गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डल भने, ‘बिनाविचार पार्टी एकता गरिएको छैन। प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनैतिक कार्यदिशाको एउटा ओरिन्टेशनसहित पार्टी एकता भएको हो।’ 

    पार्टी एकताका क्रममा कोही फिट हुन सकेन भने त्यो पार्टीको नभइ व्यक्तिको समस्या भएको उनको भनाइ छ। एकतालाई जनताले अनुमोदन गरी सकेकाले अब पार्टी एकताबाट पछि हट्न नसकिने अध्यक्ष प्रचण्डले बताए। ‘अब हामीमध्ये कसैलाई त्यसले कम्र्फटेवल फिल भएको छैन भने त्यो हाम्रो, हामीमध्ये कसैको प्रोब्लेम हो’, उनले भने, ‘त्यो पार्टीको प्रोब्लेम होइन, जनताको प्रोब्लेम होइन।’ 

    अध्यक्ष प्रचण्डले एकतामा कम्र्फटेबल फिल नहुनेहरूले पछाडि हट्ने कुरा गरिरहेको बताए। ‘जसलाई कम्र्फटेबल फिल हुन्छ ऊ अघि बढ्छ’, दाहालले भने, ‘पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भइरहेको छ।’

केशव घिमिरे

घिमिरे थाहा सञ्‍चार नेटवर्कमा आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]