वडा अध्यक्ष भन्छन्- मार्सीमा पोषण र पहिचान दुवै छ

|

जुम्ला : जुम्लामा पछिल्लो समयमा कालीमार्सीले बजार पाउन थालेपछि मार्सीधान जोगाउन  स्थानीयसरकाले  अगुवाइ गर्दै आएको छ।  जुम्लामा यतिबेला मार्सी रोप्ने र खेतमा लगाएको जौ  भित्रित्याउन  किसान व्‍यस्त छन्, भने जनप्रतिनिधि  खेतमा मार्सी धान नै रोप्न  सुझाब दिँदै आएका छन्। जुम्ला  जिल्लाभरी रोपाइँ सुरु भएको छ।

त्यस्तै,  जुम्ला जिल्लाको सिञ्जा क्षेत्रका गाउँमा पनि रोपाइँ सुरु भएपछि किसानहरू अहिले खेतमै  व्यस्त भएका छन्। सिँजा भेगमा  कालीमार्सी धानको संरक्षण गर्ने भन्दै जनप्रतिनिधिहरूकै अगुवाइमा रोपाइँ कार्य सुरु भएको छ।

मार्सीमा पोषण र पहिचान दुवै

सिँजाकै हिमा गाउँपालिका-१ अन्तर्गतको बड्की, सेयरगाउँमा वडापालिकाको अगुवाइमा मार्सीधानको रोपाइँ गरिँदै आएको छ। जसमा  सेयर गाउँमा वडा अध्यक्ष वीरबहादर शाही, वडा सदस्यहरू पदबहादुर शाही, रतिमान कामी र वाटुली शाही, कर्मचारी मानबहादुर शाहीसहितको टोलीले आफैँ खेतमा गएर मार्सी धानको रोपाइँ सुरुवात गरेको  बताएका छन्।

जुम्लामा पाक्ने मार्सी चामल हाम्रो पोसिलो खाना  र पहिचानसँग जोडिएको हुनाले सरंक्षण गर्ने उद्देश्यका साथ सबै वडापालिकामा जनप्रतिनिधिहरुको सहभागितामा रोपाइँ सहभागी भएको उनीहरूले बताएका छन्। जुम्ला जिल्ला विषादीमुक्त भएको जिल्ला भएकाले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि आर्थिक सहयोग गर्ने जनप्रतिनिधिको भनाइ छ।

मार्सीधानको चामलले बजार पाएपछि अहिले किसानहरु मार्सी रोप्नमा आकर्षित भएका हुन्। निकै संघर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त्रै भएपछि अहिले मार्सी रोप्नेको संख्यासमेत बढेको जिल्ला कृषि ज्ञानकेन्द्रले जनाएको छ। जेठको पहिलो हप्तादेखि सुरु भएको मार्सी धानको रोपाइँ असार अन्तिममा सकिन्छ। मार्सी धानको रोपाइँमा विभिन्न प्रकारका गीत गाउँदै रोप्ने र नाचेर रमाइलो गर्ने चलन पनि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.