'बम बिष्फोट गरेर मात्र क्रान्ति हुँदैन'

|

विराटनगर : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन्। 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै उनले बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने सोच्नु गलत हुने बताए । 

बम पड्काएर हुँदैन

‘अध्यक्ष दाहालले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भन्न मिल्दैन’, दाहालले भने, ‘विप्लव समुहले गरेको नेपाल बन्द र बम बिष्फोटका घटनाले वार्तामा आउन तयार रहेको संकेत गरेको छ।’

अध्यक्ष दाहालले  बम बिष्फोट गरेर मात्र क्रान्ति नहुने बताउँदै अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितीले पनि वार्ता र छलफलमा आउनुको विकल्प नरहेको बताए।

दाहालले विप्लव समूहसँग वार्ताको पहल जारी रहेको संकेत गर्दै परिणाम आएपछि थाहा पाउने अवस्था पनि हुन सक्ने दाबी गरे। विप्लव समूह वार्तामा आउने र समस्या समाधान हुने अवस्थामा प्रतिबन्ध हट्ने पनि अध्यक्ष प्रचण्डले बताए।

सरकारबारे घुमाउरो जवाफ

अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको भन्दै उनले सरकारको निरन्तरता के हुन्छ? भन्ने प्रश्न सान्दर्भिक नभएको टिप्पणी गरे।

दाहालले निर्वाचनको बेला र पार्टी एकताको समयमा भएको सहमति अनुसार पार्टी अघि बढेकाले आागामी दिनमा पार्टी त्यसैगरी अघि बढ्ने उल्लेख गरे।

पत्रकारबारे यसो भने 

मिडिया काउन्सिल विधेयकको विषयमाद दाहालले संसदमा छलफलपछि आवश्यक परिमार्जनसहित अगाडि बढ्ने स्पष्ट पारे।

‘पत्रकारले के लेख्ने र नलेख्ने, कस्तो लेख्दा राष्ट्रको हित हुन्छ वा के लेख्दा हुँदैन, कस्तो समाचार बनाउँदा राष्ट्रको एकता, जनताको समृद्धिको चाहाना पुरा हुन्छ’, दाहालले अगाडि भने, ‘के गर्दा परिवर्तन संस्थागत हुन्छ र के गर्दा हुँदैन भन्ने कुरा पत्रकार आफैँले निर्धारण गर्नुपर्छ।’ आचारसंहिता बनाएर पालना गर्ने कुरा नै प्रमुख हुने उनको भनाई थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.