|

काठमाडौं: काठमाडौंको उत्तरपूर्व करिब २२ किलोमिटर गाडीमा हिँडेपछि शंकरापुर नगरपालिकास्थित जेपी प्रतिष्ठान पुगिन्छ। नजिकै छ साँखु शहर र बज्रयोगिनी मन्दिर। प्रतिष्ठान नेपालमा पहिलोपटक सामाजिक, परोपकारी एवम् नवीनतम सोचअनुरूप खोलिएको हो। यो ज्येष्ठ नागरिकको स्वतन्त्र र शान्त जीवनयापनका लागि प्रकृतिकमैत्री बासस्थल, सम्पत्तिको सिर्जना र संरक्षण गर्ने परिकल्पना हो। आश्रम वरिपरि पर्खालमा विश्वभरीका प्रसिद्ध व्यक्ति र देवीदेवताका कलात्मक मूर्ति सजाइँदैछ।

प्रतिष्ठानको सुरुवात

देशमा बहुदल आएपपछि जनता नेपाली मात्रै भएनन्। कि कांग्रेस भए कि त कम्युनिस्ट भए। यो विकृत रूपले दाहालको निद्रा हरायो। प्रजातन्त्रमा सबै एकै र समान हुनुपर्ने, आखिर किन खण्डीकरण? खण्डीकरण भएको समुदायलाई जोड्न सकिने योजनाका साथ मित्रसेन दाहालले वि.सं. २०५१ सालमा  जेपी  प्रतिष्ठान स्थापना गरे।। दाहालले प्रतिष्ठान बुवाको नाममा राखे। यसको संस्थापक हुन् उनी। उनी भन्छन्, 'यो गैरराजनितिक, मुनाफारहित, जनहितकारी परोपकारी सामाजिक संस्था हो।'

प्रतिष्ठानमा के के छन्?

जेपी प्रतिष्ठानको सम्पूर्ण योगदान 'पब्लिक पार्टनरसिप'मा छ। यहाँको जग्गा जसले किन्दा पनि हुन्छ। यहाँ आएर प्रतिष्ठानको नियममा बसेर घर बनाउँदा हुन्छ। देश बनाउने जिम्मा सरकारको मात्र होइन। जनता जनता मिलेर सरकार बनेको हो। देश जनताले बनाउने हो। यो चेतना हामीमा विकास भइसकेको छैन।

निवृत्तकरणपछि व्यक्तिले के गर्ने योजना नै नेपाल सरकारसँग छैन। जब कुनै काम पनि छैन। सन्तान पनि गुँड छोडेर हिँडेपछि बुबा आमा एक्ला हुन्छन्। तिनैको लागि आध्यामिक केन्द्र, पुस्तकालय, अस्पताल र मन्दिरलगायतका भवन निर्माण गरिएको छ। अझै बन्‍ने क्रममा छन्।

आफ्नो खाना आफैँ उत्पादन

स्वस्थ आहाराले मात्र मान्छे स्वस्थ रहन सक्छ। प्रतिष्ठानभित्र आवश्यक खाना त्यहीँ उत्पादन हुन्छ। यसका लागि केही कर्मचारीसमेत छन्। हाम्रो शरीरको बनावट नै शाकाहारी हो। बुढ्यौली उमेरमा 'इम्युनिटी पावर' घट्दै जाने हुँदा यो पूर्ण निषेध गरेको छ। संस्थाले यो थालनी ७१ सालदेखि गरेको हो।

'हामीलाई शाहाकारी र स्वस्थ खाना जरुरी हुनाले सकेसम्म बजारी उत्पादन बन्द गरिएको,' उनले भने। प्रतिष्ठान भित्र गौशाला पनि छ। त्यहाँ गाई छन्। शहरमा छाडा छोडिएकका गाई गोरुलाई पनि व्यवस्थित गर्न गौशाला खोलिएको दाहाल बताउँछन्।

गफ गरेर समृद्धि आउँदैन

राजनीतिक सेवा हो। तर जब सेवाको वापत खाने प्रवृत्ति हावी छ। तब सुरू हुन्छ दुर्गति। दाहाल भन्छन्,'देशमा काम गर्ने मान्छे छैन। नेतृत्व गर्नेमा चमत्कार गर्न सक्ने आत्मविश्वास हुनुपर्छ।'

हिजो राजतन्त्र थियो।। राजतन्त्र हटाएर गणतन्त्र आइसकेपछि अब त आर्थिक, सामाजिक तथा सांस्कृति क्रान्तिको पथ हिँड्नु पर्ने हो। तर यो पथमा हिड्न कोही नचाहेको गुनासो पोख्छन्। काम गर्नेलाई आफ्नो नाम लेखाउनुपर्ने लोभ। विपक्षलाई काम गर्नेको शिलालेखमा नाम लेखाउला भन्‍ने डर। यस्तो मानसिकताबाट माथि उठ्न जरूरी रहेको उनले सुनाए

'मागेर त यति धेरै गर्न सकिन्छ भने सरकारसँग स्रोत प्रशस्त छ। तर खोइ त उपलब्धि गरेको?,' दाहाल प्रश्न गर्छन्, 'खल्तीमा एकसुको छैन। तर आत्मविश्वास छ। आफ्ना लागि मागे पो कसैले दिँदैन त, समाजका लागि माग्दा नदिने को छ?' सबैलाई विश्वास दिलाउन जरूरी रहेको उनले बताए।

यहाँ बनेका भवन हरेक सन्तानले आफ्ना बुबाआमा घरमै राखे सरकारका लागि अनुसन्धान गर्न काम लाग्छ। यस प्रतिष्ठानमा जो आएर काम गरे पनि स्वागत गर्न तयार रहेको दाहाल बताउँछन्। हरेक मान्छेले सामाजिक काम गरेपछि आफ्नो अस्तित्व खोज्छ। यदि कसैले आफ्नो अस्तित्व कायम गरि समाजका लागि काम गर्छ भने अस्तित्व स्वीकार गर्दा के फरक पर्छ? तपाईंसँग सीमित रकम छ भने संस्थाले जग्गा दिन्छ। 

बुढेसकालमा शारीरिक व्यायाम जरुरी

बुबाआमाले दु:ख गरेर हुर्काएको देखेका छौँ हामीले। हाम्रो भविष्यका लागि सिँचिएको पसिनाको मूल्य तिर्न सन्तानले पनि मिहिनेत गरेकै हुन्छन्। जब सन्तान सम्पन्‍न बन्छन् तब बुढ्यौली लागेका बाबुआमालाई काम गर्न नदिएर अन्याय गरिरहेका हुन्छौँ। बुबाआमाले गरेको दु:खले शरीरका हरेक नसा चलायमान हुन्छन्। सन्तान सम्पन्‍न हुनेबित्तिकै बुबाआमालाई आरामको जरूरत लाग्छ। तर यति धेरै जरूरत पनि छैन जसले शरीरको नसाले समेत काम नगरोस्।

हरेक मान्छे स्वस्थ्य बन्‍न शरीर चलायमान हुन जरूरी छ। यसका लागि व्यायाम चाहिन्छ। घरायसी काम गर्न जरूरी छ। प्रतिष्ठानमा नेचुरल थेरापीको  व्यवस्था छ। वृद्ध व्यक्तिलाई चलायमान गराएर स्वस्थ्य बनाइराख्‍न यसको जरूरत रहेको दाहाल बताउँछन्।

हरेक व्यक्तिको अन्त्य दु:खद हुन्छ। मृत्युलाई रोक्न सकिँदैन। तर मृत्युलाई सहज बनाउन पक्कै सकिन्छ। मृत्युलाई बुझ्नु भन्दा पहिले जीवन बुझ्न जरूरी छ। हामी जीवन बुझ्न चाहँदैनौं। यसकारण मान्छे खास मान्छे बन्‍न सकेका छैनौं।

रोग कहाँबाट लाग्छ? हावाबाट? खानपिनबाट? जेनेटिकबाट? वा एक्लोपनबाट? यी सबै रोगका कारण हुन्। तर एक्लोपनबाट लागेको रोग खतरनाक हुन्छ। दाहाल भन्छन्, 'कसैलाई एक्लोपनबाट बचाउन जरूरी छ। उनीहरूलाई हामी पनि छौं भन्‍ने महसुस गराउनु नै हाम्रो पहिलो प्राथमिकता हो।'  प्रतिष्ठानमा परिवारिक वातावरण बनाइएको छ।

वृद्धाश्रम होइन, मैत्रीआश्रम

प्रतिष्ठानसँग अहिले १५१ रोपनी जग्गा छ। संस्थाको नाममा ८० रोपनी छ। एक टुक्रा जग्गा पनि सरकारी र प्रति नभएको दाबी गर्छन् दाहाल। जग्गा थपिने क्रम जारी छ। प्रतिष्ठानभित्र हाल ३१ वटा कुटी, ध्यान केन्द्र, अस्पतालका भवन छन्।

दाहालका अनुसार यो कुनै वृद्धाश्रम होइन। यो मैत्री आश्रम हो। यहाँ कुनै जातियत, लिङ्गीय वर्गीय विभेद छैन। यहाँ सबैलाई समान रूपले हेरिन्छ। जसको सम्पत्ति छैन, सित्तैमा बस्न पाउँछ। जसको आर्थिक अवस्था मजबुत छ, उसले हरेक महिना ४ हजार, ११ र २२ हजार तिरेर बस्न सक्छ।

स्थायी रूपमा बस्नेको संख्या २० छ। हप्ता दिन बसेर ध्यान योग गर्नेको संख्या दिनको ५० भन्दा माथि रहेको उनले बताए।  स्थायी बस्न ६० वर्ष पुगेको हुनुपर्छ। अन्यथा दुई चार दिनका लागि हो। जुनसुकै उमेर समूहका व्यक्तिले सजिलै अवसर पाउन सक्छन्।

'यदि कसैसँग थोरै रकम छ, जग्गा छैन भने हामी जग्गा दिनछौं', उनी भन्छन्, 'प्रतिष्ठान भित्र भवन निर्माण गर्न सहयोग गर्छौं।' प्रतिष्ठान अहिलेको पुस्तालाई भन्दा सन्ततिका बनाइएको सुनाउँछन् दाहाल।

भिडियो :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.