|

धनकुटा : धनकुटा कारागारमा रहेका कैदीबन्दी आन्दोलित बनेका छन् नयाँ मुलुकी ऐन २०७४ को फौजदारी कसुर सजाय निर्धारण ऐन २०७४ को दफा ३७ को विरोध गर्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। 

फौजदारी कसुर सजाय निर्धारण ऐन २०७४ को दफा ३७ मा विभिन्न कसुरसँगै जन्मकैदको सजाय पाएका कसुरदारले समेत माफी मिनाहा नपाउने भन्ने उल्‍लेख छ। कैद माफी नपाउने भएपछि कैदीबन्दी आन्दोलित बनेका हुन्।

 सोमबार कारागारभित्रै पत्रकार सम्मेलन गरी फौजदारी कसुर सजाय निर्धारण ऐन २०७४ को दफा ३७ काे व्यवस्था खारेजीकाे माग गर्दै जिल्ला कारागार धनकुटाका कैदीबन्दीले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीलाई  जिल्ला प्रशासन कार्यालय धनकुटामार्फत ज्ञापनपत्र बुझाएका छन्।

‘मिति २०७५ चैत २१ को मन्त्रिपरिषदको बैठकद्बारा फौजदारी कसुर कैद कट्टा नियमावली २०७५ स्वीकृति भएसँगै पुरानो मुलुकी ऐनअनुसार मुद्दा बाझिएकाले कैदीबन्दी आन्दोलनमा उत्रेका हुन्। कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कैदीबन्दीले माफी मिनाहा नपाउने भएपछि यो मन्त्रिपरिषदको निर्णयको घोर आपत्ति रहेको आन्तरिक प्रशासन प्रमुख विष्णु आलेमगरद्बारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कैदीबन्दीले नेपालको संविधान २०७२ धारा २७६ मा राष्ट्रपतिद्बारा माफी मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ भन्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न माग गरेको कैदीबन्दी नवीन थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.