|

हेटौंडा : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ मा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। गाउँपालिकास्थित कोगटेमा माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाइमा छोएपछि विद्युत सर्ट भई करेन्ट लागेको थियो।

करेन्ट लागेर तीन पाटन ९ सिन्धुलीका सवारी चालक २८ वर्षीय विरबहादुर मगर र ट्रक मै सवार वेलकोट गढी ७ नुवाकोटका ३५ वर्षीय विशाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्। यस्तै करेन्ट लागेर दुई जना घाइते भएका छन्।

घाइते हुनेहरूमा सिन्धुलीका गोपाल रामोली र ललितपुरका महेश बस्नेत रहेका छन्। घाइतेहरूको उपचारको लागि काठमाडौंतर्फ लगिएको प्रवक्ता भट्टराईले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.