|

हास्यविनोदका लागि कहलिएका भारतीय नेता लालुप्रसाद यादवले बिहार र झारखण्डमा आफ्नो पार्टीले बेहोरेको पराजयलाई भने हाँसेर उँडाउन सकेनन्। लोकसभा चुनावमा राष्ट्रिय जनता दलले नराम्रो हार बेहोरेपछि लालु तीन दिनसम्म भोकै बसे। बिहीबारदेखि भोकै बसेका लालुले आइतबार साँझबाट खाना खान थालेको उनका चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भ्रष्टाचारको अभियोगमा जेल परेका यादव पछिल्लो केही समययता अस्वस्थ थिए। चुनावको परिणामले उनमा झन् निराशा थपिदियो। स्वास्थ्य बिग्रिएपछि उनलाई राँचीको राजेन्द्रप्रसाद अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य झन् बिग्रनसक्ने भन्दै चिकित्सकहरूले दबाब दिएपछि अन्तत: लालु गलेका हुन्।

सामान्य चेकजाँचपछि उनलाई खाना खान दिइएको बताइएको छ। उनको दल यसपटकको चुनावमा खाता खोल्नसमेत असफल भयो। जनता दलका प्रवक्ता मृत्युञ्जय तिवारीले लालुको अनुपस्थितिकै कारण पार्टीले हार बेहोर्नुपरेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.