|

काठमाडौं : चारजनाको ज्यान जाने गरी भएको विस्फोटको भोलीपल्ट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव उपत्यकामा आंशिक परेको छ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीको गोलीबाट ज्यान गएपछि आक्रोशित विप्लव समूहको त्रासले उपत्याकामा अन्य दिन भन्दा कम सवारीसाधन चले। उपत्यकामा शैक्षिक संस्था बन्द भए भने मुख्य चोकका पसलहरु पनि बन्द रहे।

उपत्यका भित्र साझासहितका यात्रु बसमा प्रहरीले बिहानैदेखि सुरक्षा दिएर गुडाइयो । तर उपत्यकाबाट बाहिरिने सवारीसाधन भने त्रासका कारण अरु दिन जस्तो जान सकेनन्।

सरकारबाट प्रतिबन्धित विप्लवका कार्यकर्ता सडकमा नदेखिए पनि आइतवारको घटनाको त्रासले सर्वसाधरण सशंकित देखिन्थे।

बन्दका क्रममा विप्लवका कार्यकर्ताले मकवानपुर, बारा र सुर्खेतसहितका जिल्लामा ट्रक र बसमा आगजनी गरे। गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रूपन्देही बुटवल, चितवन, झापा, बारा र पर्सालगायतका जिल्लामा बन्दको प्रभाव परेको थाहाकर्मीहरुले जनाएका छन्।

रत्नपार्क : सवारीसाधन अरु दिन भन्दा कम गुडेको देखियो। बन्दको पुरै प्रभाव देखिए।

कोटेश्वर चोक : सार्वजनिक र निजी सवारी अन्य दिनभन्दा कम गुडेका छन्।

कोटेश्वर चोक : सार्वजनिक सवारी कम चले पनि जनजीवन ठप्प छैन।

सास्ती : सार्वजनिक सवारीसाधन केही कम चलेकाले यात्रुले सास्ती भोगे

ग्वार्को : सडकमा चहलपहल छ तर सवारीसाधन कम छन्

सातदोबाटो चोक : यहाँ सवारीसाधनको चाप कम देखिन्छ

एकान्तकुना : सार्वजनिक सवारी सडकमा निस्केका छन्

सानेपा : सडक खाली देखिन्छ

बल्खु पुल : सवारीसाधन केही पातलो देखिन्छन्

 

कलंकी : कलंकीमा लामो दुरीका सवारी साधन ठप्प छन्

जोखिम : ललितपुरको टुटेपानीमा नेपाली सेनाको बम डिस्पोजल टोली 

बमको त्रास : नयाँ बसपार्कमा बम डिस्पोज गरिँदै

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.