|
प्रतिकात्मक तस्वीर

तनहुँ : दूध बोक्ने जिपको ठक्करबाट एक सैनिकको  मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम जिल्ला माइजुमाई गाउँपालिका–३ प्वाङ स्थायी घर भई गौर बक्स गुल्म पोखरामा कार्यरत नेपाली सेनाका २५ वर्षीय शैलेस लिम्डुङ छन्।

ग२च ९६२२ नम्बरको दूध बोक्ने जिपले पोखरातर्फ जाँदै गरेको मे५प ९२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सोमबार दिउँसो भएको जिपको ठक्करबाट मोटरसाइकल चालक लिम्डुङ घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले दिएको जानकारीअनुसार उपचारका क्रममा उनको मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकल चालक सैनिक लिम्डुङलाई उपचारका क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र दुलेगौडाले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिप र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.