|

भोजपुर : तरुण दलका उपाध्यक्ष उत्तमकुरमा चापागाईंले जनताबाट प्राप्त दुईतिहाइ बहुमतलाई नेकपा नेतृत्वको सरकारले भ्रष्टाचार गर्ने लाइसेन्स बनाएको आरोप लगाएका छन्। 

नेपाली कांग्रेसले गरेको जनजागरण कार्यक्रमलाई भोजपुरको घोडेटारमा सम्बोधन गर्दै उपाध्यक्ष चापागाईं सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि बताए । 

'सरकारले भ्रष्टाचारलाई बैधानिकता दियो', उनले भने, 'मूल्यवृद्धि चुलिएको छ। वाइडबडीको छानबिन कहाँ पुग्यो? सुन तस्करीमा संलग्नबारे सरकार केही बोल्दैन। सरकारले काम भन्दा धेरै हल्ला गर्‍यो, त्यो भन्दा बढी भ्रष्टाचार।'

नेता चापागाईंले भोजपुरेले चप्पल लगाएर हिँड्नेलाई हेलिकोप्टरमा चढ्ने हैसियतको बनाए पनि भोजपुर भने सधैँ पछि परेको गुनासो गरे। अब त्यस्ता व्यक्तिलाई चिन्‍नुपर्ने समय आएको उनले जिकिर गरे। 

चापागाईसँगै कार्यक्रममा बोलेका अन्य नेताहरुले अबको निर्वाचनमा भोजपुरका सबै स्थानीय तहमा नेपाली काङ्ग्रेसको चारतारे झन्डा फहराउने दाबी गरे। कांग्रेस भोजपुरका सभापति नन्दमणि राईसहितले अब कांग्रेसले जितेपछि 'समृद्ध भोजपुर, सुखी भोजपुरे' को सपना साकार हुने बताए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.