|

काठमाडौं : व्यावसायिक तथा सीप विकास तालीम केन्द्र भद्रपुरका प्रमुख समुन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई ३५ हजार रुपैयाँ घूस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले सोमबार पक्राउ गरेको छ । 

स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रमुखको कार्यकक्षमै घूस लिँदै गरेको अवस्थामा बिहान ११ बजे अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा लगिएको छ। त्यहाँबाट मङ्गलबार थप अनुसन्धानका लागि काठमाडौँस्थित केन्द्रीय कार्यालयमा पठाइने कार्यालयका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए।

विद्युत् जडानसम्बन्धी तालिमका लागि आएको एक लाखमध्येबाट ३५ हजार घूस लिँदै गरेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई भ्रष्टाचारसम्बन्धी मुद्दा चलाइने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.