|

इलाम : आयोजकमाथि संर्घषपूर्ण जित निकाल्दै शिवसतासी नगरपालिका करफोकमा जारी दोस्राे सूर्योदय मेयरकपको सेमिफाइनलमा प्रवेश गरेको छ। टाइ व्रेकरमा ४-५ गोल अन्तरले आयोजक सूर्योदय नगरपालिका पराजित बन्यो। 

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्राे हाफमा दुवै टिमबाट २-२ गोल भयो। खेलको ३९ औं मिनेटमा भुवन बस्नेतले शिवसतासीलाई सुरुवाती अग्रता दिलाएका थिए। सुशिल राईको क्रसलाई उनले जाली चुमाएका हुन। ४६ औं मिनेटमा दिनेश राईले अग्रता दोव्वर बनाए। लक्ष्मण वेघाको क्रसमा राईले गोल गरेका हुन।

खेलमा पछि परेको सूर्योदयले १ मिनेट नवित्दै आशिष राईको गोलबाट अग्रता कम पार्‍यो। वान भर्सेस वानको अवस्था उनले जाली चुमाए।  ६१ औं मिनेटमा सचिन योल्मुले खेल बराबरीमा ल्याए। खेलमा दुवै टिमबाट गोलका अवसरहरू सदुपयोग हुन सकेन। थ्री स्टारका खेलाडी सुशिल राई र विजय धिमालसहित मैदान उत्रिएको शिवसतासीलाई आयोजकले दबाबमा राखेको थियो। 

४८ औं मिनेटमा अफसाइड भनेर छाडेको बललाई सुशिलले जाली चुमाउन सकेनन्। उनको प्रहार बारमा लागेर फर्किएको थियो। ७० मिनेटको अवधिमा शिवसतासीका सुशिल राई र आयोजकका डेनिस गुरुङले पहेलो कार्ड पाए। पेनाल्टी सुटआउटमा नियम उल्लंघन गरेपछि डेनिसले दोहोरो पहेलो कार्ड पाएका थिए। 

पेनाल्टी सुटआउटमा शिवसतासीका ५ जना खेलाडीले टाइव्रेकर प्रहारले जाली चुम्दा सूर्योदयका डेनिसले नियम उल्लंघन गरेपछि उनको प्रहारले मान्यता नपाउँदा आयोजक क्वाटरफाइलबाटै बाहिरियो। अर्जुनधारा नगरपालिकालाई हराउँदै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको थियो। त्यसैगरी आजै हुने भनिएको साविक विजेता मेचीनगर नगरपालिका र माई नगरपालिकाबीचको दोस्राे खेल नेपाल बन्दका कारण स्थगित भएको छ।

सो खेल मंगलबार अपराहन्न १ बजे खेलाइने आयोजक समितिले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.