विश्व

संकटकालको समय नथप्ने श्रीलंकाका राष्ट्रपतिको घोषणा
SHARES

जेठ १३, २०७६

    श्रीलंकामा एक महिनाभित्र कडा संकटकालीन कानूनलाई विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्।

    राष्ट्रपति सिरिसेनाले सोमबार उक्त कुराको घोषणा गरेका हुन।

    राष्ट्रपति सिरिसेनाले इस्टर बम आक्रमणपछिका हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अब संकटकालीन कडा कानूनको औचित्य समाप्त भएको बताएका हुन।

    मैत्रीपाला सिरिसेनाले कोलम्बोस्थित अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका र यूरोपेली मुलुकहरूका कूटनीतिज्ञहरूसँग कुरा गर्दै उनले भने, 'श्रीलंकाका सुरक्षाकर्मीले गत अप्रिल २१ गते इस्टर पर्वका समय गरिएको आक्रमणमा सहभागी तथा जिम्मेवार सबैलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउन सफल भएको छ।'

    राष्ट्रपति सिरिसेनाले गत महिनाको बम आक्रमण, जसमा २५८ जनाको मृत्यु र ५०० घाइते भएका थिए, का दोषीलाई पक्राउ गर्न र दोषीलाई जेल चलान गर्नका लागि सम्पूर्ण शक्ति सेनामा निहित गरेको थियो।

    तीन छुट्टाछुट्टै गिर्जाघर र सुविधासम्पन्न होटेलमा एकै दिनमा गरेको आक्रमणमा स्थानीय जिहादी समूह नेशनल तोहित जमात (एनटीजे) लाई दोषी ठहर गर्दै आक्रमण पछि उक्त समूहलाई प्रतिबन्ध लगाइएको छ।

    'संकटकाल तत्कालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै घोषणा गरिएको थियो', राष्ट्रपतिको कार्यालयले सिरिसेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ। 'तर, थप समय संकटकाल लम्ब्याउनुपर्ने अवस्था नरहेको देखिएको छ।'

    श्रीलंकाको कानूनअनुसार एक पटकमा बढीमा एक महिनाका लागि संकटकाल घोषणा गर्न सकिन्छ। राष्ट्रपतिले संकटकालको अवधिलाई गत मे २२ मा पुनः एक महिनाका लागि भन्दै थप गरिसकेका छन्।

    सिरिसेना, जसले रक्षा, कानून मन्त्रालयको कार्यभार आफैमा निहित राखेका छन्। उनले सुरक्षा बललाई पुनः संरचना गरिएको र अब मुलुकमा आतंकवादी आक्रमणको सम्भावना नरहेको दाबी गरेका छन।

    सिरिसेनाले दोहोर्‍याए, 'आक्रमणमा सम्लग्न रहेको भेटिएका दोषीहरू कि त मारिएका कि पक्राउ परिसकेका छन्।'

    प्रहरीका अनुसार घटनामा सम्लग्न रहेका १० महिलासहित १०० जनाभन्दा बढी जेल चलान भइसकेका छन्। सुरक्षाकर्मीले अरोपित थप १०० जनालाई गत बिहीबारदेखि शुरूभएको चारदिने ‘कर्डन–एण्ड–सर्च’ सुरक्षा अपरेसनमा पक्राउ गरिएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]