रुकुम : गाडिको ठक्करबाट रुकुममा आज १ जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेका रुकुम मुसिकोट स्थित चापा घर भएकी ५५ वर्षिय मन कुमारी शर्मा छिन। घाइते अवस्थामा फेला परेकी शर्माको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको प्रहरीले जानकारी दियो।
सडकछेउमा बसले ठक्कर दिएर घाइते अवस्थामा उनलाई स्थानीयले भेटेर प्रहरीलाई खबर गरेका थिए। ठक्कर दिने गाडिको पहिचान हुन नसकेको र घटनाबारे प्रहरीले बिभिन्न युनिट मार्फत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थम्मन बहादुर रजाँलीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।