|

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट तयार भएको छ। मंगलबार मध्यराति १२ बजेसम्म बसेर बजेट तयार गरिएको हो। अर्थमन्त्री खतिवडा बजेटको अन्तिम ड्राफ्ट पढेर मात्र निवास गएको थिए। 

बेलुकी ९ बजे अर्थमन्त्रालयको छतमा खाना खाएपछि पूर्ण बजेट तयारीमा पुगेको थियो। सचिवसहितका केही अधिकारी अर्थमन्त्रालय नै सुते पनि मन्त्री भने १२ बजेपछि निवास गएका हुन्। 

करिबब १५ खर्ब ३० अर्बको बजेट ल्याउने तयारीमा रहेका अर्थमन्त्री खतिवडाले राजनीतिक दबाब थेग्न नसकेपछि आन्तिरक ऋणको सीमा बढाएरै १६ खर्ब नजिकको बजेट ल्याउने तयारी गरेका छन्। यसमा ६५ प्रतिशत राजस्व र ३५ प्रतिशत आन्तरिक तथा बाह्‍य ऋणसहित सहायता रकमको योगदान रहने अनुमान गरिएको छ। 

अर्थमन्त्री खतिवडा बुधबार बिहान ७ बजे नै अर्थमन्त्रालय आइपुग्ने गरी मध्यरातमा निवास गएका हुन्। अर्थमन्त्रालय राजस्व शाखाको टिम बिहान ६ बजेदेखि नै काममा खटिएको छ। सर्भरमा राजस्वका दरहरू चढाउनका लागि बिहानै यो टिमलाई बोलाइएको हो। 

विनियोजन विधेयक र बजेट भाषण १० बजेपछि प्रेसमा पठाइने जानकारी दिइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.