पाँच अपहरणकारी पक्राउ

|

पर्सा : गत शुत्रबार अपहरणमा परेको पर्साका बालकको शव बारामा फेला परेको छ। अपहरणमा परेका वीरगन्ज–३ का बालक करण साह तुराहाको शव बाराको कलैया–२५ मा फेला परेको हो।

अपहरण गरी हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीनजना अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ। तीमध्ये दुई जनालाई भाग्ने क्रममा कमरमुनी गोली हानी नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए। 

प्रदेश प्रहरी कार्यालय जनकपुर, बारा र पर्साका प्रहरीको संयुक्त टोलीले बालकको उद्धार गर्ने प्रयास गरिरहेकै बेला बालकको हत्या भएको छ। 

शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाउने काम भइरहेको छ । घाइते अपहरणकारी वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। यो घटनाबारे जानकारी दिन पर्सा प्रहरी कार्यालयमा बुधबार ९ बजे पत्रकार सम्मेलन गर्ने पर्सा प्रहरीले जनाएको छ।

मृतक बालकका परिवारसँग गत आइतबारसम्म अपहरणमा रहेका बालकसँग कुरा गराई ३० लाख फिरौती माग भएको पीडित परिवारले खुलासा गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.