गम्भट्रठ प्रकृतिको घटना भएकोले अनुसन्धान जारी छ : एसपी थापा

|
Photo : english.nepalijanta.com

काभ्रे : गत मंसिर २० गते सानो वाङ्थली गाविस–७ की ३२ वर्षीया लक्ष्मी परियारलाई 'पोलमा बाँधेर मलमूत्र खुवाएको' विषयमा निष्पक्ष छानविन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले कुनै पनि हालतमा यस घटनामा संलग्‍नहरू नउम्कने बताए।

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेसहित गएको टोलीले प्रजिअको ध्यानाकर्षण गराएका हुन्। उनले भनिन्, 'हामीले गरेको स्थलगत अनुगमनका क्रममा घटना रहस्यमय नै छ,' लक्ष्मी परियारको हत्याप्रति प्रहरी प्रशासन ध्यान जान जरुरी छ। दोषी पत्ता लगाई कानुन बमोजिम कार्बाहीको माग गर्दछौँ।'

ज्ञापनपत्रमा भनिएको छ

- कुनै जातीय संस्था वा अधिकारका नाममा अपराधमा संलग्‍न व्यक्तिलाई जोगाउने र सिकाउने काम नगरियोस्।

- प्रहरीले कसैको दबाब वा प्रभावमा परेर घटनाको निष्पक्ष अनुसन्धानमा गल्ती नगर्न र घटनाहरूमा संलग्‍न सबैलाई कानुन अनुसार कारवाही गर्न माग गर्दछौं। 

- घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरेका छन्।

के भएको थियो?

- बनेपाबाट ६७ किलोमिटरको दुरीमा रहेको लक्ष्मीको घरभन्दा पाँच सय मिटर दुरीमा रहेको रामबहादुर उप्रेतीको बेवारिसे गोठमा मंसिर २४ गते लक्ष्मी परियार मृत अवस्थामा फेला परेकी थिइन्।  

- मृत्यु हुनभन्दा  ४ दिनअघि नेपालीलाई स्थानीय शिक्षक हिरा लामा र उनी आमा काइलीमायाँ तामाङले बोक्सी भन्दै कुटपिट गरेको र मलमुत्र खुवाएको स्थानीयको आरोप छ।  मंसिर २० गते भएको विवादमा कुटपिट गरेको र प्रहरीले २३ गते स्थानीय स्तरमा नै मिलापत्र पछि २४ गते मृत्यु भएको स्थानीयले बताउँदै आएका छन्।

- यस विषयमा प्रहरीले घटना अनुसन्धान जारी रहेको बताउँदै आएको छ।

- ३३ वर्षीया लक्ष्मी नेपालीको लाश बिहीबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। उनको लास घटना भएको ६ दिनपछि पोष्ट मार्टम गरिएको हो।

- शिक्षण अस्पताल काठमाडौंमा मंसिर ३० गते लाशको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमा संलग्‍न डाक्टरहरूले टाउकोदेखि पैतालासम्म एकनासको कुटाइका कारण लक्ष्मीको मृत्यु भएको र पोष्टमार्टम गर्न ढिलाई भएको बताएका थिए।

- अनुसन्धानपछि कुटपिटबाट मुत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेको प्रमुख सहकुलबहादुर थापाले बताए। 'लाशको बिहीबार पोष्टमार्टम भएको छ,' रिपोर्ट आउन बाँकी छ ,' एसपी थापाले भने।

- मृत अवस्थामा भेटिएकी नेपालीको दायाँ आखाँ मुनी निल डाम, निधारमा निल, नाकको डाँडिमा निलडाम तथा बाँया प्वालबाट रगत बगेको देखिएको जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापाले बताए।

- मृतकको भाई लोकबहादुर परियारले मंसिर २५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा (दर्ता नम्बर ११२- ८–२६) कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका थिए। घटनाको अनुसन्धानका लागि मृतकको पति मिलन परियार र आरोपित हिरा लामा लगायत ४ जना प्रहरी हिरासतमा छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.