|

काठमाडौं :भूकम्पपछिको पुनर्निर्माणमा एक खर्ब ४१ अर्ब रुपैयाँ विनीयोजन गरिएको छ। जसमा निजी आवकासको काम सक्न ५८ अर्ब ७३ करोड विनियोजन गरिएको छ। धरहरा निर्माणको लागि एक अर्ब विनीयोजन गरिएको छ।

भूकम्पपछिको पुनर्निर्माणका आगामी आर्थिक वर्षभित्रै सक्ने सरकारको लक्ष्य छ। यस्तै, अन्य क्षेत्रको पुनर्निर्माणलाई समेत तीव्रता दिइने सरकारको बजेटमा उल्लेख छ।

पुनर्निर्माण कार्यक्रमअन्तर्गत भूकम्पमा ध्वस्त धरहरा पुनर्निर्माण आगामी २ वर्षभित्र सम्पन्‍न गर्ने गरी बजेटलाई प्राथमिकता दिइएको छ। भूकम्पबाट क्षतिग्रस्त बाँकी सार्वजनिक संरचना पुनर्निर्माण आगामी २ वर्षभित्र सक्ने गरी बजेटमा प्राथमिकता दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.