|
घटनामा संलग्न अभियुक्त अर्का विनेश महतोलाई सार्वजनिक गर्दै पर्सा प्रहरी

पर्सा : बालक अपहरणको मुख्य योजनाकार भारत स्थायी घर भएका विकास शर्मासहित २ सहयोगीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-३, प्रगतिनगरका शम्भु साह तुराहाका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने मुख्य योजनाकार शर्मासहित २ सहयोगीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो।

बालकको अपहरणपछि ३० लाखबाट सुरु भएको वार्गेनिङ ५ लाखमा आएपछि पनि अपहरणमा संलग्नेले सुरुमा पैसा अनि बालक भन्दै परिवारजनलाई बालकको पहिले रेकर्ड गरेको अडियो सुनाई वार्गेनिङ गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए। बालकलाई भने प्रहरीले बचाउन असफल भएको उनको भनाइ छ।

बालकको अपहरणमा संलग्न मुख्य योजनाकार भारतका विकास शर्मा नारायणी अस्पतालमा उपचार गराउँदै ।


अपहरणको मुख्य योजनाकार भारत स्थायी घर भएका २१ वर्षीय विकास शर्मा र बाराको कलैया उपमहानगरपालिका-११ घर भएका २० वर्षीय सिकेन्द्र साह तेलीलाई भने प्रहरीले कमरमुनी गोली हानी नियन्त्रणमा लिएको छ।

बच्चाको हत्या गरी शव फालेको ठाउँ प्रहरीलाई देखाएर उनीहरू भाग्न थालेपछि दुवैलाई कम्मरमूनि गोली हानी नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक ढकालले दावी गरे।

प्रहरीले चलाएको गोली लागि नारायणी अस्पतालमा उपचार गराउँदै घटनामा संलग्न बाराको कलैया ११ का सिकेन्द्र साह तेली ।


अपहरणमा संलग्न रही प्रहरीको गोलीबाट घाइते भएका दुवै अभियुक्तको दाया खुट्टामा नै गोली लागेको वीरगन्जको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन्। अर्का अपहरणमा संलग्न बाराकै खपरताता बस्ने राम विनेश महतोलाई भने प्रहरीले सकुशल नियन्त्रणमा लिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। घाइतेको भने प्रहरी नियन्त्रणमा नै वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

बालक गएको जेठ १० गते शुक्रबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरस्थित आफ्नै घर अगाडी खेलिरहेको समयमा अपहरण भएको परिवारजनले बताएका हुन्। उनीहरूले प्रहरीको चुश्त कार्यसम्पादन नहुँदा बच्चालाई भने गुमाउनु परेको आरोप लगाए।

घटना बारे पत्रकारसँग कुरा गर्दै पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल ।


अपहरणपछि हत्या भएका बालकको शव बाराको कलैया उपमहानगरपालिका-२५ खौराही खोलामा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो। मृतक बालकको शव जिल्ला अस्पताल बारामा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको बाराका प्रहरी नायव उपरीक्षकर रंजित सिंह राठौरले बताए। घटना बारामा भएको कारण अपहरणमा संलग्नहरूको कारवाही प्रकृया पनि बाराबाट नै चल्लने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.