शिक्षामा सबैभन्दा बढी बजेट

|

काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोले दिएको बजेट सिलिङको तुलनामा ३९ अर्ब माथि पुगेर बजेट सार्वजनिक गरेको छ। त्यसो त बजेट सार्वजनिक गर्नुभन्दा अघिल्लो दिन स्रोत समितिको बैठकले मध्यमकालीन खर्च संरचनाअनुसार १५ खर्ब ७७ अर्को माथिल्लो सीमासम्म बजेट ल्याउनको लागि खुला गरेको थियो। माथिल्लो सीमाको हिसाबले ४५ अर्ब कमी आयो।

आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय योजना आयोगले विशेष रूपमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमा जोड दिएको थियो। चालु आर्थिक वर्षको बजेटको तुलनामा ५४ प्रतिशत रकम बढाएर योजना आयोगले सिलिङ तोकेको थियो तर अर्थमन्त्री खितवडाले ऊर्जा मन्त्रालयको बजेटलाई प्राथमिकता दिएनन् बरू गृह मन्त्रालयले सिलिङको तुलनामा डबल बजेट बढाए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालयमध्ये चारवटा मन्त्रालयको मात्रै बजेट घटेको छ भने १८ वटाको बढ्यो छ। प्रधानमन्त्री कार्यालयको बजेटमा पुनर्निर्माण प्राधिकरणको बजेटसमेत राखेर विनियोजन गरिएकोमा यो वर्ष छुट्टै गरिएको छ। तर, प्राधिकरणको बजेट जोड्दासमेत ११ अर्ब रुपैयाँ कम बजेट विनियोजन गरिएको छ। गत वर्ष प्रधानमन्त्री कार्यालय अन्तर्गतको बजेट धेरै भयो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनमा विरोध जानएको थियो।

अर्थमन्त्रालय र मातहतका पाँच कार्यगत  छुट्टाछुट्टै बजेट शीर्षकमा रकम विनियोजन गरिन्छ। छुट्टाछुटै शीर्षकलाई एकै ठाउँमा राख्ने हो भने गत वर्षको भन्दा उल्लेख्य बजेट घटेको छ। अर्थमन्त्री खतिवडाले आफ्नो मन्त्रालयमा करिब ५० अर्ब बजेट घटाएका छन्।

त्यस्तै, अर्ब रुपैयाँ पनि विनियोजन नगरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा १५ करोड बजेट घटेको छ। त्यस्तै, युवा तथा खेलकुदमा गत वर्ष विनियोजन गरिएको अर्थात् चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि ६६ करोड कम रकम विनियोजन गरिएको छ।

एकै बजेट शीर्षकमा सबैभन्दा बढी बजेट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको छ। यो मन्त्रालयमा गत वर्षको तुलनामा एक खर्ब १८ अर्ब बढी बजेट विनियोजन भएको छ।  जबकि गत वर्षको तुलनामा जम्मा बजेट दुई खर्ब १७ अर्ब रुपैयाँ बढेको छ। यो हिसाबले बढाएको बजेटको ५४ प्रतिशत हिस्सा यो मन्त्रालयको बढेको बजेटले लिन्छ। 

अर्को उल्लेख्य बढ्ने मन्त्रालय गृह हो। गृह मन्त्रालको चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि विनियोजन गरिएको रकम करिब ८० अर्ब रुपैयाँ बढी रहेको छ।

राष्ट्रिय योजना आयोगले एकै बजेट शीर्षकमध्ये सबैभन्दा बढी भौतिक पूर्वधार तथा यातायात र त्यसपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विनियोजन गर्न सिलिङ तोकेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई एक खर्ब १५ अर्बको सिलिङको ५० प्रतिशत रकम पनि विनियोजन गरिएको छैन।

'बूढीगण्डकी जलविद्युत आयोजना अन्तर्गतको रकम निकै घटेको छ, अरू खर्चको लागि हामीले रकम मागेको भन्दा निकै कम आएछ' ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक सहसचिवले भने।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारी भने अपेक्षाभन्दा बढी बजेट विनियोजन भएको प्रतिक्रिया दिन्छन्। 'हामीले मागेभन्दा पनि ठूलो रकम विनियोजन भएको छ, अपेक्षा पनि थिएन। अहिले महत्व राम्रैसँग दिइएछ' कृषि मन्त्रालयका एक उपसचिवले भने।

अर्थमन्त्री खतिवडाले भने तीव्र विकासको लागि कृषिमा प्राथमिकता दिएको बताएछन्।  कृषि तथा पशुपक्षी मन्त्रालयलाई २५ अर्बको सिलिङ दिइएको थियो।

अहिले रकम लाखमा

मन्त्रालय

पहिले रकम लाखमा

 घट्यो\बढ्यो

1458111

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय

1,562,862

घट्यो

2718140

अर्थमन्त्रालय

3308593

घट्यो

117359

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

72,984

बढ्यो

547327

ऊर्जा जलस्रोत तथा सिँचाइ

472,135

बढ्यो

5091

कानुन न्या तथा संसदीय मामिला

5,081

बढ्यो

348005

कृषि तथा पशुपंक्षी विकास

337,121

बढ्यो

292575

खानेपानी मन्त्रालय

179,454

बढ्यो

1355934

गृह मन्त्रालय

543,144

बढ्यो

59955

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

 40,574

बढ्यो

60548

परराष्ट्र मन्त्रालय

52,364

बढ्यो

154879

वन तथा वातवरण मन्त्रालय

145,205

बढ्यो

1635222

भौतिक पूर्वधार तथा यातायात मन्त्रालय

1,014,078

बढ्यो

7805

महिला बालबालिका तथा जेष्ठ नागरिक

9,398

घट्यो

30908

युवा तथा खेलकुद

37,554

घट्यो

502711

रक्षा

451,082

बढ्यो

407235

शहरी विकास

216,555

बढ्यो

1635559

शिक्षा, विज्ञान तथा प्रविधी

465,364

बढ्यो

63593

संचार तथा सूचना प्रविधी

56,458

बढ्यो

409212

संघीय मामिला तथा सामान्य प्रशासन

611,367

बढ्यो

687791

स्वास्थ्य तथा जनसंख्या

340,823

बढ्यो

71414

श्रम रोजगार तथा सामाजिक सुरक्षा

39,328

बढ्यो

योजना आयोगको सिलिङ कसलाई कति

योजना आयोगको सिलिङअनुसार प्रधानमन्त्री कार्यालयमा एक खर्ब ७५ अर्ब, अर्थमन्त्रालय र भौतिक पूर्वधार तथा यातायातमा एक खर्ब ३७ अर्ब, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रादयमा एक खर्ब १५ अर्ब सिलिङ तोकएको थियो।

कृषि तथा पशुपंक्षी विकास २५, खानेपानीको साढे ३२, गृहको ५५ र रक्षा मन्त्रालको ४५ अर्ब बजेट सिलिङ छ। सहरी विकासको २९ अर्ब, शिक्षा, विज्ञान तथा प्रविधि ४६ अर्ब छ करोड, सञ्चार तथा सूचना प्रविधिको छ अर्ब र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ६२ अर्ब पाँच करोड बजेट सिलिङ तोकिएको छ।

स्वास्थ्य मन्त्रालयको ३४ अर्ब चार करोड, रक्षाको ४५  र युवा तथा खेलकुदको तीन अर्ब ३८ करोड बिनियोजनाका लागि रकम सिलिङ तोकिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.