काठमाडौं : लोक दोहोरी गायक प्रभावन जे र गायिका गीतादेवी को सुमधुर स्वरमा रहेको नयाँ लोक दोहोरी गीत 'सपनी' दर्शक तथा श्रोतामाझ आएकोे छ। गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने, नवीन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन्।
प्रज्ञा साउण्ड एच.डि मा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन शम्भु तण्डुकारले गरेका हुन्। म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ। दृश्य छायांकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ।
म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाईं, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकीय नगरी धुलिखेल, बनेपा र रोशी गाउँपालिकामा म्युजिक भिडियोको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।