धुर्मुसले भने- एकमुठ्ठी सास रहेसम्म राष्ट्रका लागि लड्छु

|

चितवन : गौतम बुद्ध अन्तर्रााष्ट्रिय क्रिकेट रंगशाला परिसरको तारबार भत्काएको तीन दिनपछि उठाईएको छ। शनिबार बिहान एकैपल्ट रंगशालास्थल पुगेका हजारौँ चितवनवासीले ढलेको तारबार उठाएका हुन्।

रंगशाला निर्माणमा एकबद्धता जनाउन त्यहाँ पुगेका उनिहरुले आयोजना सम्पन्न गराउन जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए। उनिहरु रंगशाला जसरी पनि निर्माण हुनुपर्ने, दोषीलाई कारबाही गर्नेपर्ने, भत्काउनेले बनाउनुपर्छ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर रंगशालामा बिहान जम्मा भएका थिए।

 

नारा घन्काउँदै निर्माणस्थलमा पुगेका भिड कोणसभामा परिणत भएको थियो। भत्काईएको तारबारनजिकै आयोजित कोणसभामा सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रंगशाला निर्माण सम्पन्न गराउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएकी छन्।

उनले महाअभियान सञ्चालनका क्रममा धेरै उतारचढाव, अप्ठयाराहरु आउने बताउँदै ढुक्क भएर आफ्नो कामलाई अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेसनलाई आग्रह गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कृष्णभक्त पोख्रेलले देशको गौरवको आयोजना सम्पन्न गराउन चितवनसहित देश विदेशमा रहेका सम्पूर्ण नेपाली एक भएर जुरुक्कै उठ्नुपर्ने बताएका छन्। उनले देश विकासका लागी सञ्चालन भएको जुनसुकै अभियानमा सवैजना लामवद्ध हुनुपर्ने बताए। संरचना भत्काएर अराजकता प्रदर्शन गर्ने छुट कसैलाई नभएको भन्दै पोख्रेलले जो सुकै भए पनि कानुनी कार्वाहि हुने उल्लेख गरेका छन्।

धुर्मुसले भने- एकमुठ्ठी सास रहेसम्म राष्ट्रका लागि लड्छु

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक मुठ्ठी सास रहेसम्म राष्ट्रका लागी गरीरहने, बोलीरहने दृढता व्यक्त गरेका छन्। उनले दुख, मेहनतका साथ काम अघि बढाईरहदा विभिन्न स्वार्थ राखेर क्षति पुर्‍याउने काम हुँदा आफूलाई धेरै दुख लागेको तर विचलित भने नभएको उल्लेख गरे।

उनले पक्राउ परेका दोषीलाई कारबाही र निर्दोष भए रिहा गर्न प्रसासनसँग आग्रह पनि गरे। धेरै समस्याहरुसँग जुद्धै राष्ट्रकै गौरवको आयोजना सम्पन्न गर्नुपर्ने भएकाले देश विदेशमा रहेका नेपालीहरुले जतिसकेको सहयोग गर्न आग्रह पनि गरेका छन्।

सो कार्याक्रममा जनप्रतिनीधि, राजनितिक दलका नेता कार्यकर्ता, विभिन्न संघ संस्थाका प्रमुख, वे ग्रुप, बेटर चितवन लगायत विभिन्न सामाजीक अभियान्ता, क्लब, टोल विकास संस्था तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

तारबार भत्काउने कार्यमा संलग्न भएको आरोपमा डेढ दर्जनलाई प्रहरीले पक्राउ गरी कानुनी प्रकृया अघि बढाएको छ। चितवनको रामपुरमा २० विघा ६ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला भदौँमा सिलान्यास गर्ने तयारीका साथ निर्माण पूर्वका विभिन्न कामहरु धमाधम भइरहेको छ। देश तथा विदेशबाट सहयोग संकलन हुने क्रम पनि बढीरहेको छ। रंगशाला सिलान्यास भएको २ वर्षमा निर्माण सम्पन्न गरी फाउण्डेसले भरतपुर महानगरलाई हस्तान्तरण गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.