|

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको आन्दोलन संविधान, संघीयता र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। संविधान संशोधन प्रस्तावको विरोध गर्नेहरुले औचित्य पुष्टि गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले जबर्जस्ती विरोध गर्नुको अर्थ नहुने बताए।

मधेस, पहाड, तराई सबैलाई जोड्न संविधान संशोधन प्रस्ताव ल्याइएको प्रधानमन्त्रीले बताए।

केही दिनमै संविधान संशोधनको टङ्गो लागेर देश निर्वाचनतर्फ धकेलिने उनले बताए। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले पार्टीका कार्यकर्तालाई जिम्मेवार भएर निर्वाचनमा लाग्न निर्देशन दिए।

गाउँ तहसम्म सङ्गठनलाई सुदृढीकरण गर्दै आउँदो निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एक भएर लाग्न उनको निर्देशन थियो। गृह जिल्ला चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने तयारीमा जुटेका दाहालले जिल्लाको गाउँ तहसम्म पार्टीको सङ्गठन मजबुद बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

माओवादी केन्द्र चितवनको कार्यालयमा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर सरकार अघि बढिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.