|

सोलुखुम्बु : यहाँको खुम्बुपासाङल्हामु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिएको छ। प्रदेश १ सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यअनुसार १४ जिल्लाको स्थानीय तहमध्ये छनोट गरी खुम्बुपासाङल्हामुलाई पर्यटकीय गाउँपालिका घोषणा गरेको हो। 

प्रदेश सरकारले गाउँपालिकालाई पर्यटकीय गाउँपापलिकाको प्रमाण पत्रसहित ५० हजार पुरस्कार प्रदान गरेको छ। शुक्रबार विराटनगरमा आयोजित दोस्रो प्रदेश समन्वय परिषद् बैठकमा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पालाई प्रमाण पत्र र चेक हस्तान्तरण गरेका हुन्।

गाउँपालिकाले प्रदेशको मात्र नभई सिंगो नेपालकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको प्रति प्रंशसा गर्दै मुख्य मन्त्री राईले पर्यटनको विकासमा प्रदेश सरकारले योजनाबद्ध ढंगबाट काम गरिरहेको बताए। 

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको यस गाउँपालिकामा सगरमाथा सहित लोत्से, नुप्त्से, आमादब्लम, थामसेर्कु लगाएतको दर्जनौ हिमाल रहेको छ। यस्तै चोलापास, रेन्जेलापास लगायत आधा दर्जन पास समेत यही गाउँपालिका भित्रपर्छ। खुम्बु क्षेत्रको भ्रमणका लागि वार्षिक करिब ५० हजार स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको तथ्यांकले देखाउँछ।

गाउँपालिका क्षेत्र घुम्न आउने विदेशी पर्यटकबाट गाउँपालिकाले वार्षिक १५ करोडभन्दा बढी राजश्व संकलन गर्छ। सोही आधारले गाउँपालिकाई पर्यटकीय गाउँपालिका घोषाणा गरेको प्रति गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले यस निर्णयबाट देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। 
'अब हामीलाई पर्यटनको क्षेत्रमा अझ बढी काम गर्ने प्रेरणा मिलेको छ' अध्यक्ष शेर्पाले भने, 'आगामी दिनमा हामी विभिन्न स्थानमा भ्यु टावरसँगै सार्वजानिक शौचालय लगायतको संरचना निर्माण गर्ने छौं।' 

‘प्रदेश सरकारको महत्वपुर्ण निर्णयले पर्यटन वर्ष २०२० लाई पनि सहयोग पु¥याउने गाउँपालिकाले विश्वास लिएको छ। गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको प्रति खुम्बु पासाङल्हामु गाउँपालिकाले मुख्यमन्त्री शेरधन राई, प्रदेश सभा संसद एवं नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगायत् प्रदेश सांसद एवं सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको गाउँपालिका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.