|

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार टिकाइराख्न संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले रातारात दर्ता भएको संशोधनको प्रस्ताव आवश्यकताको नभई प्रधानमन्त्रीको स्वइच्छाको भएको बताए। उनले नेपाल र नेपालीको इच्छा विपरित ल्याइएको संशोधनको प्रस्ताव प्रधानमन्त्रीको निजी स्वार्थको भएको दाबी गरे।

कार्यक्रममा अध्यक्ष ओलीले संविधान संसोधन विधेयका प्रत्येक बुँदाले राष्ट्रको हित नगर्ने र भविष्यमा समस्या पार्ने बताए। उनले नता असन्तुष्ट हुने विषयमा एमाले पनि सन्तुष्ट रहन नसक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.